प्रमुख समाचार

यस्तो हुनेछ आज दिनभरको मौसम

इकागज | भदौ २०, २०८१

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बाग्मती, गण्डकी र लुम्बीनी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

त्यस्तै आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रधानमन्त्रीले गरे पलेशा गोवर्धनलाई सम्मान, ६५ लाख पुरस्कार घोषणा

इकागज | भदौ १९, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेश...

मुख्यमन्त्री कार्कीले भने - सरकार विस्तारमा कांग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस्

इकागज | भदौ १९, २०८१

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बता...

आक्रमक रूपमा खनिए बालेनका समर्थक प्रधानमन्त्री ओलीमाथि, 'अनफलो' अभियानले घटायो ७४ हजार फलोअर्स

इकागज | भदौ १९, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजलाई 'अनफलो' गर्ने अभियानले तिब्रता पाएको छ ।...