संसद्

सर्वोच्चको आदेशले बालुवाटार प्रकरण छानबिन गर्न थप आधार दिएको छ : गृहमन्त्री श्रेष्ठ

इकागज | साउन २३, २०८०

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले बालुवाटार प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै श्रेष्ठले कुनै पनि खालका अपराधलाई निष्पक्ष रूपमा छानबिन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

आइतबार सर्वोच्चको संयुक्त इजलासले बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाउमा पुर्‍याउन भूमिका खेलेका उच्च पदस्थ व्यक्तिमाथि पनि छानबिन गर्न आदेश दिएकोमा उक्त आदेशले बालुवाटार छानबिनमा थप आधार दिएको बताएका हुन् ।

‘अदालतको आदेशले अनुसन्धानलाई थप आधार तय पारेको छ । यसलाई निष्कर्षमा पुर्याउन हामीले निर्देशन दिएका छौँ । जहाँसम्म जानुपर्छ, जानुहोस् भनेका छौँ । तथ्य प्रमाणले जसलाई तान्छ, सबैलाई तान्नुहोस् भनेका छौँ,’ गृहमन्त्री श्रेष्ठले भने । उनले ९ किलो सुन प्रकरणमा माओवादी वा जो सुकै भए पनि उन्मुक्ति नपाउने बताएका हुन् ।

एमालेलाई माओवादीको प्रश्न : सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?

इकागज | साउन २३, २०८०

काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान...

एमालेले संसद् बैठक अवरुद्ध पार्नु हुन्न : विश्वप्रकाश शर्मा

इकागज | साउन २३, २०८०

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् बैठक अवरुद्ध पार्ने काम...

जनतामाथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न : अध्यक्ष राउत

इकागज | साउन २३, २०८०

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नह...

गृहमन्त्रीलाई रविको प्रश्न : बाटोमा समातिएको सुन मालिकसम्म किन पुग्न नदिइएको ?

इकागज | साउन २३, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले बाटोमा समातिएको सुन म...

छानबिन समिति बनाउने/नबनाउने विषयमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव

इकागज | साउन २३, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा सं...

संसदमा विश्वप्रकाशको प्रश्न : सत्तापक्ष सांसदले बोल्ने थलो रत्नपार्क हो ?

इकागज | साउन २३, २०८०

काठमाडौँ- सत्तारूढ कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद् बैठक अवरुद्धप्...

निर्धारित समयमै संसद चल्नुपर्छ, तीन दलको बन्धक हुन सक्दैन : रवि लामिछाने

इकागज | साउन २३, २०८०

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले निर्धारित मिति र...