रन्जितासँग सहमतिपछि रेशम भन्छन्- लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं

इकागज | बैशाख १६, २०८१

धनगढी - नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र उनकी श्रीमती समेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठबीच सहमति भएको संकेत देखिएको छ ।​

रेशमले शनिबार पार्टीका नेताहरूको उपस्थितिमा रन्जितासँग छलफल गर्दै सहमति भएको संकेत दिएका छन् । उनले आफ्नो फेसबुकमा दुई वटा पोष्टले उनीहरुबीचको विवादमा सहमति भएको बुझ्न सकिन्छ । ​

रेशमले पहिलो पोष्टमा भनेका छन्- 'महासचिव ठाकुर सिङ थारूलाई साक्षी राखेर पार्टी र सरकार दुबै तिमी चलाउ भन्ने रन्जिताको आग्रहलाई स्वीकार गर्दै मैले पनि यो फोटो पोष्ट गरें ।' त्यसपछिको पोष्टमा उनले 'हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं' लेखेका छन् ।

रेशमको यो पोष्टले भर्खरै मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको पद धरापमा पर्ने देखिएको छ । उनले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताएपछि दुवै प्रदेशका सरकार धरापमा पर्ने देखिएको छ ।

यस बैठकले सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको नाउपाका नेताहरूले बताएका छन् । यसका साथै रेशम र रन्जिताबीच कारबाही गरिएकाको कारबाही फुकुवा गर्ने, मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने सहमति भएको नेताहरूले बताएका छन् ।

नाउपामा देखिएको यो सहमतिले एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना न्यून हुँदै गएको छ ।

उपेन्द्र यादव अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

इकागज | बैशाख १६, २०८१

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यका...

मसँग सम्पत्ति छैन र भएको सम्पत्ति पनि दान गरिसकेँ, सम्पत्ति​ कमाउने कुनै लोभ लालच छैन : केपी ओली

इकागज | बैशाख १५, २०८१

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा केन्द्र...

उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्‍न भएकामा सभापति देउवाले दिए धन्यवाद

इकागज | बैशाख १५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्ण रू...

जसपाले पारित गर्‍यो राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका

इकागज | बैशाख १५, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित गरेको छ ।...

आचारसंहिता उल्लंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारबाही थाल्दै आयोग

इकागज | बैशाख १५, २०८१

काठमाडौँ- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।&nb...

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्‍ने अवस्था छैन : नेता साउद

इकागज | बैशाख १५, २०८१

वीरगञ्ज- पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपा...

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

इकागज | बैशाख १५, २०८१

रौतहट- मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनि नेता कार्यकर्ताले योजनाका लागि दाबी छोडेका छैन...