रोचक ‘कमब्याक’ गर्दै योगेश भट्टराई निर्वाचित

इकागज | मंसिर ७, २०७९

विराटनगर । ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराईले मतगणनाको अन्तिमतिर रोचक ‘कमब्याक’ गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत निर्मला योङ्खाका अनुसार नेकपा एमालेका भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्दा माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ हजार ७३५ मत पाएका हुन् । अन्तिम गणना भएको फुङ्लिङ ५ र ७ को १ हजार २४३ मत गन्न बाँकी हुँदा भट्टराई १८४ मतले अगाडि थिए । सुरुवाती गणनामा अग्रता लिएका भट्टराई त्यसपछि माओवादीका बुढाक्षेत्रीसँग पछि परेका थिए ।

भट्टराई दोस्रो पटक ताप्लेजुङबाट निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा बामगठबन्धनबाट लडेका उनले नेपाली कांग्रेसका केशवप्रसाद दाहाललाई पराजित गरेका थिए । ताप्लेजुङमा कुल मतदाताको ५५ प्रतिशत अर्थात ४८ हजार ३५५ मत खसेको थियो ।

समानुपातिकमा दुई वटा पार्टीले कटाए दुई लाख मत, माओवादी र स्वतन्त्र पार्टीको कति ?

इकागज | मंसिर ७, २०७९

काठमाडौँ- प्रतिनिधिसभातर्फको १६५ सिटमध्ये १३५ सिटमा मतगणना भइरहेको छ । बाँकी ३० सिटमा विभिन्न प्राविधि...

रेशम चौधरीका बुवा स्वतन्त्र उम्मेदवार लालवीर बर्दिया-२ बाट निर्वाचित

इकागज | मंसिर ७, २०७९

बुटवल- बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मु...

हारिन् रामकुमारी झाँक्री, गुल्मीबाट गोकर्ण विष्टको ह्याट्रिक

इकागज | मंसिर ७, २०७९

काठमाडौँ- गुल्मी-२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले जितेका छन् । २८४७६ मत ल्याएर विष्ट निर्वाचित...

कैलाली-३ को दुवै प्रदेश सभा पनि नागरिक उन्मुक्ति पार्टीको पोल्टामा

इकागज | मंसिर ७, २०७९

कैलाली- प्रतिनिधि सभामा जित निकालेको कैलाली क्षेत्र नम्बर ३ बाट प्रदेश सभाको दुवै सिटमा नागरिक उन्मुक्ति...