ओलीको विकास नीति ‘भ्यू टावरे विकास’ हाे : घनश्याम भुसाल

इकागज | कात्तिक ३, २०७९

देवदह- नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको आरोप लगाए । ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोलि हाँस्छन् । डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्च मात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मुलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ,’ भुसालले भने ।

अहिलेको चुनावी व्यवस्थाले नै दलहरूबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए । उनले अहिलेको वाम लोकतान्त्रिक गठबन्धन संविधान जोगाउनेहरूको भएको बताए ।

रुपन्देही क्षेत्र नम्बर १ मा विकासका नाममा निर्माण हुने पूर्वाधारहरूलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने भुसालको भनाइ छ ।

काँग्रेस तीन पार्टी जस्तो लाग्छ : देउवासँगै पौडेल, थापा र शेखर कोईरालासँग पनि छलफल गर्नुपर्छ

इकागज | कात्तिक ३, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा...

म केको लागि फिट छु भन्‍ने मेरो अनुभव र विगतका गतिविधिले देखाउँछ : प्रकाशमान सिंह

इकागज | कात्तिक २, २०७९

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै ...

सत्तारूढ गठबन्धनको चुनावी अभियान तीव्र, काठमाडौँ २ पछि ललितपुरमा संयुक्त कार्यक्रम

इकागज | कात्तिक १, २०७९

काठमाडौँ- सत्तारूढ गठबन्धनमा आबद्ध तीन दलले काठमाडौँ उपत्यकामा चुनावी अभियान तीव्र पारेका छन् । सो...

मैले हँसिया हथौडामा भोट हालिसकेँ, फेरि पनि हाल्दैछु : प्रधानमन्त्री

इकागज | कात्तिक १, २०७९

काठमाडौँ- प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका उम्मेदवारहरूलाई भोट ह...

एमालेले गरेको गठबन्धन अपवित्र, सत्तारूढ गठबन्धन पवित्र : माधव नेपाल

इकागज | कात्तिक १, २०७९

काठमाडौँ- नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्...

कांग्रेसका विद्रोही उम्मेदवारले कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय गर्ने पाउने

इकागज | असोज ३१, २०७९

काठमाडौँ= नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा प...