निर्वाचन सफल बनाउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री राई

इकागज | चैत ३०, २०७८

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने स्पष्ट पारे । 

मुख्यमन्त्री राईले भने, `निर्वाचन सम्पन्न गर्न आफ्नो हैसियत र क्षमताले भ्याएसम्म सहयोग गर्छौँ ।` 

निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको मिति वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफलतापूर्वक हुने स्पष्ट पार्दै निर्वाचनमा प्रदेश सरकारको सहयोग हुने अपेक्षा व्यक्त गरे ।

उनले आयोगले निर्वाचनको तयारी द्रुतगतिमा गरिरहेको जानकारी दिँदै केही जिल्लाको मतपत्र छपाइका कामसमेत सम्पन्न भई सम्बन्धित जिल्लामा ढुवानीसमेत हुन थालेका जानकारी दिए ।  

छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

इकागज | चैत ३०, २०७८

खोटाङ- छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रस...

नेकपा एमालेले गर्‍यो विराटनगर महानगरमा मेयरकालागि पाँच जनाको नाम सिफारस

इकागज | चैत २७, २०७८

काठमाडौं - ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यञ्जनकारलाई सर्वसम्मत सिफारिस गरेलगत्तै विराटनगर महान...

गठबन्धन नगर्नुस् भनेको छु, नत्र अप्ठेरो हुन्छ : कोइराला

बाबुराम भण्डारी | चैत २३, २०७८

विराटनगर- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आउँदो चुनावमा अन्य दलहरूसँग गठबन्धन भए अप्ठेरो हुन...