बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

इकागज | बैशाख २२, २०७९

झापा- नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ ।

मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिनुभएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उपप्रमुखमा बागी उम्मेदवारी दिनुभएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक थिए ।  

पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी हुनुहुन्छ । वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिनुभएका तिलक न्यौपाने र उहाँको समर्थक बस्नुभएका मेघनाथ बाँस्तोलालाई पनि एमालेले कारबाही गरेको छ ।

बागी उम्मेदवार न्यौपानेको प्रचार प्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई समेत अनुशासन उल्लङ्घन गरेको आरोपमा एमालेले कारबाही गरेको छ । वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेद्वार नेत्रप्रसाद दाहाललाईसमेत पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताए ।
 

त्रियुगामा कांग्रेसका बसन्त बस्‍नेतको उम्मेवारी खारेजीको माग गर्दै उजुरी

इकागज | बैशाख २०, २०७९

उदयपुर- उदयपुर सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिका मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका ब...

विराटनगरमा स्वतन्त्र उम्मेदवारको गठबन्धन ! २१ जनाले लिए ‘लालटिन’ चुनाव चिह्न

बाबुराम भण्डारी | बैशाख १८, २०७९

विराटनगर - विराटनगर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका २१ जनाले एउटै चुनाव रोजे...

प्रदेश १ मा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत

इकागज | बैशाख १६, २०७९

विराटनगर - प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही बाधा अड्काउ फुकाउनेलगायत निर्णय गरेको छ । ...

उम्मेदवारको मृत्युपछि केराबारी गाउँपालिकाको निर्वाचन स्थगित

इकागज | बैशाख १६, २०७९

मोरङ - आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम र...

विराटनगर महानगरको उपमेयर उम्मेदवार कार्कीको उम्मेदवारी सदर

इकागज | बैशाख १५, २०७९

विराटनगर - विराटनगर महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उम्मेदवारी खारेजीक...

विराटनगरको मेयरमा १६ र उपमेयरमा १७ जनाको उम्मेदवारी

बाबुराम भण्डारी | बैशाख १३, २०७९

विराटनगर - विराटनगर महानगरपालिकाको मेयरमा १६ जनाको उम्मेद्दवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको...