कांग्रेस सहमहामन्त्री आङ्देम्बेको गृह जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी

इकागज | बैशाख ११, २०७९

काठमाडौँ- स्थानीय निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता हुँदै गर्दा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेको गृह जिल्ला पाँचथरको कांग्रेस कार्यालयमा भने तालाबन्दी भएको छ । सदरमुकाम फिदिमको शनिवारे क्षेत्रमा रहेको कार्यालयमा कांग्रेसकै कार्यकर्ता अजेन्द्र वाईवा तामाङले तालाबन्दी गरेका हुन् ।

पार्टी नेतृत्वले पार्टी कार्यालयबाट भन्दा पनि फिदिममै रहेको मनश्वी होटलबाट पार्टी गतिविधि सञ्चालन गरेको र पार्टीलाई एकलौटी ढंगले चलाएका कारण असन्तुष्ट भएर तालाबन्दी गरेको बताए ।

पाँचथरमा पार्टी सभापति रुपनारायण जबेगू छन् । उनले आफू निकट पार्टी सचिव दीपक नेपालले सञ्चालन गर्दै आएको होटल मनश्वीमा हरेक कार्यक्रम गर्दै आएका छन् ।

जसका कारण पार्टी कार्यालय सुनसान हुने गरेको र प्रायः पार्टीको कार्यक्रमदेखि हरेक गतिविधि मनश्वी होटलबाटै सञ्चालन हुँदा  असन्तुष्ट भएर तालाबन्दी गर्न बाध्य भएको तामाङले स्पष्ट पारे ।

जिल्ला सभापति जबेगू र सचिव नेपाल पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । 
 

संखुवासभामा एमालेले टुंग्यायो प्रमुख र उपप्रमुखका उम्मेदवार

बाबुराम भण्डारी | बैशाख ९, २०७९

विराटनगर– वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन संघारमा आइपुग्दा दलहरुले उम्मेदवार टुंगो ...

कांग्रेस प्रदेश समितिले गर्‍यो विराटनगर मेयरमा मर्यादाअनुसार नाम सिफारिस

इकागज | बैशाख ९, २०७९

विराटनगर- नेपाली कांग्रेस १ नम्बर प्रदेश समितिले विराटनगर महानगरपालिकाको मेयरमा नगर र जिल्ला समितिले ...

खोटाङमा स्थानीय निर्वाचन तयारी तीव्र, १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

इकागज | बैशाख ८, २०७९

खोटाङ- आसन्‍न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै खोटाङका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना ...

प्रदेश १ मा एमालेले महानगर र उपमहानगरको प्रमुख-उपप्रमुख सिफारिस गर्दै

बाबुराम भण्डारी | बैशाख ६, २०७९

विराटनगर - नेकपा एमालेले आज प्रदेश १ को एक महानगर र दुईवटा उपमहानगरका मेयर र उपमेयरका आकांक्षीहरूको...

दिगो अर्थतन्त्रका लागि कृषि क्षेत्रको विकास गरिने– कृषिमन्त्री मगर

इकागज | बैशाख ४, २०७९

मोरङ - प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुका लागि आवश्यक पदार्थ उत्पादन गरी मुलुकमा...

इलाममा गठबन्धन हुने सम्भावना न्यून,  नेकपा एसले ३१ र माओवादीले माग्यो ३५ वडा

इकागज | बैशाख ४, २०७९

काठमाडौँ - इलाममा चुनावी गठबन्धनको संभावना न्यून बन्दै गएको छ । ८२ वडा रहेको इलाममा नेकपा (एस) र माओ...

झापाको अर्जुनधारामा वडाध्यक्ष तामाङ मेयरमा सर्वसम्मत सिफारिस

बाबुराम भण्डारी | बैशाख ४, २०७९

विराटनगर- झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा सोही नगरपालिकाको वडा नम्बर १० का वडाध्यक्ष बलदेव सिंह ...