केराबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

इकागज | जेठ ४, २०७९

विराटनगर- मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । बुधबार विहान सकिएको मतगणनाको परिणाम अुनसार अध्यक्षमा एमालेका सुमन मिरिङ्चिङ मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका हुन् । 

अध्यक्ष सुमनले ७ हजार ८१० र उपाध्यक्षमा मनमायाले ७ हजार २६७ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा पराजित नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष समेत रहेका रोहित बहादुर कार्कीले ६३९० मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेसकै शुभद्रा राईले ६ हजार ४२८ मत प्राप्त गरिन् ।

केराबारीका १० वटा वडाहरु मध्ये एमालेबाट वडा नं. १ मा शरण राई, २ मा प्रेम बहादुर लिम्बु, ३ मा रामचन्द्र साही, ५ मा अजय लिम्बु, ७ मा खगेन्द्र प्रसाद निरौला र १० मा पूर्ण बहादुर मगर वडाध्यक्ष निर्वाचित भएका छन् ।

वडा नं. ४ मा शिवप्रसाद तामाङ, ८ मा कमल कुमार बस्नेत र ९ मा गोपाल राई कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भए । केराबारीमा नेकपा माओवादी केन्द्रका उपेन्द्र लुंगेली मगरले वडा नं. ६ को वडाध्यक्षमा विजयी भएका छन् ।

पाँचथरको मिक्लाजुङ अध्यक्षमा मा‌‌ओवादीका अमर दोस्रो पटक पनि निर्वाचित

इकागज | जेठ ३, २०७९

काठमाडौँ- पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका ...

एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा माओवादी उम्मेदवार विजयी

इकागज | जेठ ३, २०७९

काठमाडौँ- खोटाङको खोटेहाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उदिमबहादुर राई निर्वाचित भएका छन् । ने...

चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा माओवादीका शर्मा निर्वाचित

इकागज | जेठ २, २०७९

काठमाडौँ- ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भए...