माउन्टेन ड्युमा पेट्रोलको गन्ध

इकागज | साउन २, २०७९

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिएको दाबी गरेका छन् ।

साउने संक्रान्तीका दिन मासुसँग पिउनका लागि दिक्तेलबजारमा खरिद गरेको ड्युमा पेट्रोलको गन्ध आएको दाबी गरेका हुन् । स्थानीय सुर्यबहादुर कार्की र सरस्वती कार्कीले शनिबार दिक्तेल बजारको एउटै पसलबाट सवा दुई लिटरको तीन बोत्तल जम्बो ड्यु खरिद गरेका थिए । छिमेकी सावित्रा कट्वाललाई लगिदिएको एक बोत्तल ड्युमा भने कुनै समस्या नदेखिएको सुर्यबहादुरले बताए । 

बरुण बेभरेज नेपाल प्रालि, काठमाडौँले उत्पादन गरेको माउण्टेन ड्युको बोत्तलमा १८ मे २०२२ मा उत्पादन मिति उल्लेख छ । दुबै बोत्तलको पिँध अन्य बोत्तलको भन्दा फरक देखिन्छ ।

बोत्तलको पिँधमा फुल्न लागेजस्तो, कुच्चिए जस्तो र चर्किएजस्तो देखिन्छ । ड्युमा पेट्रोलको गन्ध आएको विषयमा स्थानीय केदार बस्नेतले आइतबार बिहान सामाजिक सञ्जालमा भिडियो शेयर गरेका थिए । त्यसपछि ड्युका डिलर सञ्चालन ग्राहक भेट्न पुगेका थिए ।

स्थानीय र डिलर सञ्चालकबीचमा चर्काचर्की भएको थियो । ड्युमा मिसावट गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय दावी गर्छन् भने ड्युको डिलर प्रतिनिधि ‘ब्लेम’ लगाएको दावी गरिरहेका छन् । माउण्टेन ड्युका दिक्तेल डिलरका सेल्समेन दिपक खतिवडाले भने कम्पनीबाट नभै ग्राहकबाटै त्रुटी भएको दावी गरेका छन् । 

पेट्रोलको गन्ध आउने ड्यु भेटिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजार अनुगमन टोली स्थलगत अध्ययनमा पुगेको थियो । ड्युमा अखाद्यवस्तु मिसावट भएको आशंकामा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाही नेतृत्वको बजार अनुगमन जिल्ला समन्वय समिति र नगरपालिका अन्तरगतको स्थानीय बजार अनुगमन समितिले सो दुई बोत्तल ड्यु जफत गरेको छ । प्रहरीसहित पुगेको टोलीले ड्यु खरिद गरिएको पसल तथा ड्युको दिक्तेलस्थित डिलरमा पुगेर निरिक्षण गर्दै ल्याव टेष्टका लागि नमूना संकलन गरेको छ ।

ड्युमा अखाद्यवस्तुको गन्ध आएको विषयमा अनुसन्धान तथा छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रशासनलाई निवेदन दिएका छन् । पेट्रोलको गन्ध आउने ड्यु भेटिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले पनि चासो दिएका छन् । 

गत २८ असारमा दिक्तेलकै एक पसलमा पेट्रोलको गन्ध आउने ड्यु पिएको खाल्लेकै रामबहादुर बुढाथोकी बताउँछन् । श्वास नै पेट्रोलको गन्ध आएपछि लसुन खाएर हिँडेको बुढाथोकीले बताए । 

बेरुजु बढेर ३ अर्ब ८० करोड, एकै वर्षमै थपियो १ अर्ब ६२ करोड

बाबुराम भण्डारी | असार ३०, २०७९

विराटनगर - प्रदेश १ सरकार र मातहतका कार्यालयहरूले गर्ने खर्चमा आर्थिक बेथिति देखिएको छ । महालेखा परीक्ष...

पत्रकारलाई बलात्कारको आरोप लगाउनु पर्ने अभिव्यक्ति दिएपछि मन्त्री कार्की विवादित

बाबुराम भण्डारी | असार २९, २०७९

विराटनगर - प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की विवादास्पद अभिव्यक्तिका कारण विव...

कांग्रेसकाे प्रस्ताव : प्रदेश १ को नाम सप्तकोशी

बाबुराम भण्डारी | असार २५, २०७९

विराटनगर । प्रदेश १ को नाम सप्तकोशी राख्न नेपाली कांग्रेसले प्रस्ताव गरेको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्...

त्रियुगा नदीको भाँचिएको पुलको परराष्ट्र मन्त्री खड्काले गरे अवलोकन

इकागज | असार २४, २०७९

उदयपुर- परराष्ट्र मन्त्री डा. नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका...

गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

इकागज | असार २४, २०७९

धरान- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । मेयरका लागि ...