ताप्लेजुङमा श्रीमानले खुर्पाले हिर्काउँदा श्रीमतीको मुत्यु

इकागज | साउन ७, २०७९

ताप्लेजुङ- श्रीमान कुटपिटबाट फुङलिङ नगरपालिका–९ हाङदेवाका ५४ वर्षीया कान्छीमाया लिम्बूको मृत्यु भएको छ।

घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । 

प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा खुर्पाको पछाडिको भागले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने जनाउँदै प्रहरीले शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । श्रीमान लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीले आन्दोलनकारीलाई उक्साउँदै भने - पहिचान नभएको नाम भन्दा प्रदेशको नामै नराख्न उचित

बाबुराम भण्डारी | साउन ५, २०७९

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण हुँदा जातीय पहिचान कायम हुनैपर्...

गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई ‘सासु’ बापत तीन लाख भत्ता बाँड्यो

इकागज | साउन ३, २०७९

झापा - झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा (सासु) भत्ता वितरण...

करारका कर्मचारी हटाएको विरोधमा जन्तेढुंगाका थप चार वडामा एमालेको तालाबन्दी

इकागज | साउन ३, २०७९

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको विरोधमा नेकपा एमालेले थप तीन वड...

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो

इकागज | साउन २, २०७९

खोटाङ- खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअ...