'भाइरल' प्रदेश सांसद साँवाद्वारा लिम्बु भाषामा सम्बोधन

इकागज | असार १६, २०७९

विराटनगर- नेकपा एमालेबाट प्रदेश १ का सांसद सर्वध्वज साँवा लिम्बुले बिहीबार प्रदेशसभामा लिम्बु भाषामै सम्बोधन गरेका छन् । उनले सभामुख प्रदीपकुमार भण्डारीसँग आफ्नै भाषामा कुरा राख्‍ने भन्दै प्रदेशसभाको शून्य समयमा बोलेका थिए ।

सांसद साँवाले शून्य समयको तीन मिनेटसम्म लिम्बु भाषामा बोल्दा अरू सांसदहरू भने मुखामुख गर्दै हाँसेका थिए । उनले लिम्बु भाषामा बोलेका कुरा अरू सांसदहरूले नबुझ्दा उनीहरूले मुखामुख गरे । प्रदेश १ को प्रदेशसभा नियमावलीमा जनताको चासो र सरोकारलाई शून्य समयमा उठाउनका लागि तीन मिनेटको समय छुट्याइएको छ ।

सांसद साँवाले प्रदेशसभामा बोल्दा उनको बोलेका कुरा र बोल्ने शैली भाइरल हुने गरेको छ । केही दिन अघिमात्रै प्रदेशसभामा मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफलका क्रममा उनले मुख्यमन्त्री राजेन्द्रकुमार राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो अनुपस्थित नभएको भन्दै ‘सोई ढोले सोई, मुख्यमन्त्री खोइ ?’ भन्दै रोचक व्यंग्य गरेर भाइरल बनेका थिए ।

यसअघि मुख्यमन्त्री शेरधन राईको पालामा पनि सांसद साँवाले बजेट ‘आयो पो त’ भन्दै प्रदेशसभामा बोलेको कुरा भाइरल बनेको थियो ।

यसरी डुब्याे दक्षिणी विराटनगर, ३०० परिवार विस्थापित [फाेटाे फिचर]

बाबुराम भण्डारी | असार १५, २०७९

विराटनगर । विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका अधिकांश वडाहरु जलमग्न बनेका छन् । मंगलबार विहान ३...

पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार नगद चोरी गर्ने दुई जना पक्राउ

इकागज | असार १५, २०७९

उदयपुर- त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट ५ लाख ६१ हजार रुपैयाँ नगर चोरी...

बाढीका कारण विराटनगरका १९९ परिवार विस्थापित, तीन दिन विद्यालय बन्द

बाबुराम भण्डारी | असार १४, २०७९

विराटनगर-  मंगलबार बिहानैदेखि परेको अविरल वर्षापछि बस्तीहरूमा खोला पस्दा विराटनगर महानगरपा...

डुबानमा झापा

इकागज | असार १४, २०७९

झापा- भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुबानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झाप...