वीपी प्रतिष्‍ठान धरानको रजिष्‍ट्रारमा कांग्रेस नेतृ संग्रौलाका श्रीमान

इकागज | साउन १६, २०७९

काठमाडौँ-  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रार पदमा डा. सूर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री परशुराम खापुङले उनलाई रजिष्ट्रार नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएको जानकारी दिए ।

उनी कांग्रेस नेतृ डा. डिला संग्रौलाको श्रीमान हुन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री खापुङले संग्रौलालाई रजिस्ट्रारको जिम्मवारी दिएका हुन् ।

प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी विवादमा परेपछि २०७८ भदौ ११ गते राजीनामा दिएका थिए । उनको राजीनामा गत भदौ २४ गते स्वीकृत गरैसँगै त्यसयता रजिष्ट्रार पद रिक्त थियो ।

यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा. जगत प्रसाद नियुक्त भएका छन् । यसअघि उनी अस्पतालका सहायक निर्देशक थिए ।

 

‘अर्थतन्त्र चलायमान बनाउन दिगो र व्यावसायिक कृषि जरुरी’

इकागज | साउन १४, २०७९

बनियानी- प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवर्द्धनमा ...

दिक्तेल रुपाकोट मझुवागढी : एकै वर्ष सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च

इकागज | साउन १४, २०७९

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक आर्थिक वर्ष सवारी साधन मर्मत र इन्धनमा एक करोड ...

नफेरिएका हर्क

इकागज | साउन १३, २०७९

धरान - सामाजिक अभियन्ता हुँदै धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिब...

प्रदेश १ मा ८७ हजार डोज कोभिड विरुद्धको खोप ‘डेट एक्सपायर’

बाबुराम भण्डारी | साउन ११, २०७९

विराटनगर -प्रदेश १ मा कोभिशिल्ड र एष्ट्राजेनिका गरी ८७ हजार ५५० डोज खोपको एक्सपायर भएको छ । पछिल्लो म्या...