उदयपुरमा चार सय केजी गाँजासहित तीन जना पक्राउ

इकागज | फागुन ५, २०७८

उदयपुर- बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले करिब चार सय केजी अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । 

बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राईलगायत ३ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको हो । 

उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको छ । 

बेलका नगरपलिका–८ मा गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो । 

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले को.१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा र गाडीका चालक राई समेत ३ जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मनमोहनमा सिभिल र इलेक्ट्रोनिक्स इन्जिनियरिङकाे स्नातक तह पढाइ

बाबुराम भण्डारी | फागुन २, २०७८

विराटनगर - प्रदेश १ सरकार मातहतको मनमोहन प्राविधिक विश्वविद्यालयले इन्जिनियरिङतर्फ स्नातक तहको अध्या...

गठबन्धन जोगाउने नाममा एमसीसी पास हुँदैन : सामाजिक विकासमन्त्री राई

इकागज | माघ २९, २०७८

खोटाङ- प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका ...

गठबन्धन जोगाउने नाममा एमसीसी पास हुँदैन : सामाजिक विकासमन्त्री राई

इकागज | माघ २९, २०७८

खोटाङ- प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले गठबन्धन जोगाउने नाममा एसीसी पास गर्न नहुने बताएका ...