किन बीपी प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता लिए ?

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ- तीन बुँदे सहमति भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत चिकित्सकहरू सोमबारबाट काममा फर्कने समेत सहमत भएका छन् ।

वृत्ति विकासको माग राख्दै आन्दोलनरत शिक्षकसँग प्रतिष्ठान पदाधिकारीको वार्तामा तीन बुँदे सहमति भएको छ ।

पदाधिकारी र चिकित्सकबीच भएको वार्तामा ०७२ पुस २० र ०७२ माघ २४ गते करार सेवाका लागि प्रकाशित विज्ञापन बमोजिम आवश्यक प्रक्रिया पुर्‍याई टुङ्ग्याउने सहमति भएको छ ।

यस्तै अन्तर्वार्ता हुन बाँकी रहेका शिक्षक पदको अन्तर्वार्ता आगामी ०८० पुस ०२ गतेदेखि सुरु गरी पुस १५ गते सम्ममा सम्पन्न गर्ने सहमति भएको छ ।

वार्तामा दुवै विज्ञापनको एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बसी नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।

सहमति पत्रमा प्रतिष्ठान व्यवस्थापनले शिक्षक समाज, समाजको सदस्य र कुनै शिक्षकप्रति पूर्वाग्रह नराख्ने र आन्दोलनरत सम्पूर्ण पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिदेखि स्थगन गरी आ-आफ्नो कार्यमा सहभागी हुने उल्लेख छ ।

सहमति पत्रमा शिक्षक कल्याण समाजका तर्फबाट १२ शिक्षक चिकित्सक, प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा प्रह्लाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा, रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक जगतनारायण प्रसाद, प्रतिष्ठानका कार्यकारिणी सदस्य ज्ञानेन्द्रबहादुर मल्ल र प्राडा स्मृति कार्कीले हस्ताक्षर गरेका छन् ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले सहमति कार्यान्वयन हुनु पर्ने बताए ।

प्रतिष्ठानमा विगत ७ वर्षदेखि शिक्षकको पदोन्नति हुन सकेको छैन भने कर्मचारी १५ वर्षदेखि पदोन्नति हुन सकेको छैन । वृत्ति विकास नभएको भन्दै दुई महिना अघि त्यहाँ कार्यरत १७७ जना चिकित्सकहरूले सामूहिक राजीनामा दिएका थिए ।

 

जाजरकोट र रुकुम पश्चिममा एक/एक हजार थान त्रिपाल, म्याट्रेस र कम्बल पठाउने कोशी सरकारको तयारी

बाबुराम भण्डारी | कात्तिक १८, २०८०

विराटनगर- गए रातिको भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा राह...

माओवादी र नेकपा एससहितका कोशी सरकार विस्तार हुँदै, आजै मन्त्रीहरूको शपथ

इकागज | कात्तिक १७, २०८०

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सम...

विपद् उद्धार अभ्यासमै डुंगा दुर्घटना, पाँच पत्रकारसहित १३ जना घाइते

इकागज | कात्तिक १७, २०८०

विराटनगर- सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीले सुनसरीको चतरास्थित कोशी नदीमा आयोजना गरेको विपद् उद्धार ...

विराटनगरबाट एक क्विन्टल चाँदी बरामद, ज्वेलर्स सञ्चालक भारतीय नागरिक पक्राउ

बाबुराम भण्डारी | कात्तिक १६, २०८०

विराटनगर- विराटनगरको एक ज्वेलर्सबाट झण्डै एक क्विन्टल चाँदी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ...