कांग्रेस कार्यसम्पादन समितिको बैठक

कार्कीको पक्षमा हुने सांसदलाई कांग्रेसले गर्‍यो हस्ताक्षर फिर्ता लिन अनुरोध

इकागज | असोज २६, २०८०

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश समितिको कार्यसम्पादन समितिको बैठक सकिएको छ । कांग्रेसको निर्णय विपरित विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका केदार कार्कीको पक्षमा हस्ताक्षर गर्ने कांग्रेसका प्रदेश सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रदेश समितिका महामन्त्री उमेश थापाका अनुसार संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई कार्यन्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रदेश समितिका अध्यक्ष एवं संसदीय दलका नेता उद्वव थापाको अध्यक्षमा बसेको बैठकले मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरिएको बताए ।

३१ सदस्यीय कार्यसम्पादन समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउन कांग्रेस संसदीय दललाई अनुरोध गर्ने र केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको जनाइएको छ ।

काेशी प्रदेश : गठबन्धनको दवाबमा प्रदेश प्रमुख, मुख्यमन्त्री नियुक्तिमा ढिलाइको संकेत

इकागज | असोज २६, २०८०

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री नियुक्ति प्रक्रिया लम्ब्याउने संके...

हामी प्रमुख प्रतिपक्ष भएर बस्छौं : राजेन्द्र लिङ्देन

इकागज | असोज २५, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी सरकारमा राप्रपा प्रमुख प्रत...

हिमाल कार्कीद्वारा कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा

इकागज | असोज २५, २०८०

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उपनेता पदबाट राजीनामा दिएका ...

कोशीमा कांग्रेस विभाजित, कार्कीलाई सहयोग गर्ने यी हुन् आठ सांसद

इकागज | असोज २५, २०८०

काठमाडौँ - कोशी प्रदेशको सरकार गठनमा कांग्रेस विभाजित भएको छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षले मुख्यम...

एमालेको समर्थनमा कांग्रेसका केदार कार्की र गठबन्धनको तर्फबाट माओवादीका इन्द्र आङ्बोको दाबी

इकागज | असोज २५, २०८०

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेका छन् । एमालेको समर्थनमा नेपाली कांग्रेसका...

कोशीको मुख्यमन्त्री माओवादीलाई, निर्णय नमान्ने भन्दै केदार कार्की समूह छलफलमा

बाबुराम भण्डारी | असोज २५, २०८०

विराटनगर- कांग्रेसभित्रको आन्तरिक कलहले कोशी प्रदेशको मुख्यमन्त्री माओवादीको हातमा पुग्ने निश्चित भएक...

विराटनगरको माछापुच्छ्रे सहकारीका चार सञ्चालक फरार, ९ करोड बढी हिनामिना

बाबुराम भण्डारी | असोज २३, २०८०

विराटनगर- विराटनगर–७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अमलेशकुमार कर्ण...