केदार कार्की : नेविसंघ एकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

इकागज | असोज २७, २०८०

विराटनगर- केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त भएका छन् । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मिएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन् ।

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सहयोगी एवं उपकारी स्वभावका छन् । 

सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेसमा अध्ययन गरेका उनी २०४४ सालमा नेपाल विद्यार्थी संघको एकाइ सभापति भएका थिए । उनले उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गरे । विसं २०५२ सालमा नेविसङ्घको क्याम्पस एकाइ सभापति भएका उनी त्यसपछि नेविसङ्घकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छन् ।

विसं २०७४ सालको आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ ‘२’ बाट निर्वाचित कार्की २०७९ साल मङ्सिर ४ गतेको आमनिर्वाचनमा पुनः सोही क्षेत्रबाट कोशी प्रदेश सदस्यमा निर्वाचित भए । उनले पहिलो कार्यकालमा कोशी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए ।

उनले २०७८ भदौदेखि २०७९ पुससम्म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाले । मन्त्रीका रूपमा उनले मन्त्रालयलाई बेरुजु मुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा खटिएका थिए । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नी, दुई छोरा छन् । रासस

केदारलाई काँध हालेका हिक्मतले भने : सिट संख्या र शक्तिका आधारमा सिट बाँडफाँट गर्न लचिलो छौं

बाबुराम भण्डारी | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका कांग्रेसकै प्रदेश सांसद केदार कार्कीला...

'गठबन्धनको मात्रै संख्याले मध्यावधिमा जाने सम्भावना थियो'

बाबुराम भण्डारी | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नका लागि सां...

कोशी प्रदेशमा शेखर समूहका केदार कार्की मुख्यमन्त्री नियुक्त

बाबुराम भण्डारी | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट विद्रोह गरेका शेखर कोइराला समूहका केदार ...

कार्कीलाई मुख्यमन्त्री बनाउन ४७ सांसदले गरे हस्ताक्षर (नामसहित)

इकागज | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा केदार कार्की पक्षका सांसदहर...

प्रदेश प्रमुख खापुङ्गको उपस्थितिमा केदार कार्की पक्षका सांसदको सनाखत सुरू

इकागज | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा केदार कार्की पक्षका सांसदहर...

कोशीमा सनाखतका लागि प्रदेश प्रमुख कार्यालय पुगे कार्की समूहका सांसदहरू

बाबुराम भण्डारी | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री नियुक्तिका लागि दुई वटा दाबी पेश भएपछि...

कोशीमा मुख्यमन्त्री नियुक्ति हुँदै, त्यसअघि सांसदको सनाखत हुने

इकागज | असोज २७, २०८०

काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इ...

प्रदेश प्रमुख खापुङ्गद्वारा मुख्यमन्त्रीमा आङ्बो र कार्कीको दाबेदारी कायम

बाबुराम भण्डारी | असोज २६, २०८०

विराटनगर- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्...

४७ सांसदसहित केदार कार्की प्रदेश प्रमुख कार्यालयमा [तस्बिरहरू]

इकागज | असोज २६, २०८०

विराटनगर- कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेका ३९ सांसद र कांग्रेसका ८ जना सांसदसहित मुख्यमन्त्रीका द...

इजरायलमा अलपत्र परेका नेपालीलाई छिटो उद्धार गर्न प्रचण्ड सरकारसँग माग

इकागज | असोज २६, २०८०

विराटनगर- कोशी प्रदेशका काम चलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक...