मधेशलाई अधिकार सम्पन्न बनाउन अझै संघर्ष जरूरी : मुख्यमन्त्री सिंह

इकागज | माघ ५, २०८१

काठमाडौँ - मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको जरुरी रहेको बताएका छन् । 

मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा शनिबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुकले संघीयता पाएको र बाँकी अधिकार प्राप्तिकालागि अझै संघर्ष जरुरी रहेको बताएका हुन् । 

 प्राप्त उपलब्धिलाई संस्थागत गर्दै चरणबद्ध रूपमा बाँकी अधिकारका लागि संघर्ष गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुक संघीयतामा प्रवेश गरेपनि प्रहरी प्रशासन तथा ठूलठूला काम गर्न संघकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भइरहेको बताए । 

त्यस्तै उनले शहीदहरूको परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता जनाउँदै शहीद परिवारका लागि रोजगारीको सिर्जना गर्न कानुनै बनाएर अगाडी बढ्ने उल्लेख गरे । 

संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह

इकागज | पुस २९, २०८१

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान संशोधनका नाममा गणतन्त्र, सङ्घीयता र मधेशले प्राप्त गरे...