सिरहामा भारतीय युवाको मृत्यु, एक पक्राउ

इकागज | साउन २१, २०८१

सिरहा- सिरहाको गोलबजारमा भारतीय युवकको शव आज बिहान फेला परेको छ। गोलबजार नगरपालिका-१ वहिरीबाँध नजिकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षिय बवुल कुमार खानको शव फेला परेको हो। 

उनी भारत विहार जिल्ला समस्तिपुर रहमदपुर पञ्चायत ९ चकनौरका पवन राय यादवका छोरा ३५ वर्षीय विजय यादवसँगै उनी धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। पाहुना आएका उनीहरू मदिरा पिएर बेलुका झगडा भएको स्थानीयको भनाई रहेको छ। 

झगडाकै क्रममा खानलाई गम्भिर चोट लागेका थिए। चोट लागेर बेहोस खानलाई उपचारको लागि लगेको स्थानीयको भनाई छ। चोटकै कारण उनको मृत्यु भएको हुन सक्ने स्थानीयको भनाई छ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सुनिल कार्कीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमको लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पताल पठाएको जानकारी दिए। 

उनले घटनाको अनुसन्धान भइरहेकाले तत्काल केही बताउन नसकिने बताउँदै पोष्टमार्टम पछि मात्र केही भन्न सकिने बताए। घटनामा संलग्न रहेको प्रहरीले विजय यादवलाई नियन्त्रणमा लिएको छ। तर, प्रहरीले यस विषयमा केही बताउन चाहेनन्।

मधेश प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्रीको प्रतिबद्धता

इकागज | साउन १९, २०८१

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यहाँ रहेका उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा प्रदेश...

एमाले केन्द्रीय सदस्यमा कुशवाहा पुनः मनोनीत हुँदा रौतहट इन्चार्जमा गुप्ता

इकागज | साउन १८, २०८१

रौतहट- नेकपा एमालेको केन्द्रीय सदस्यमा कुन्दन कुशवाहा पुनः मनोनीत हुँदा रौतहट जिल्लाको इन्चार्जमा पार्टी ...

टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी

गोपालप्रसाद बराल | साउन १७, २०८१

महोत्तरी- जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीया...

वीरगञ्ज महानगरले तीन उद्योगको मुख्यद्वारमा थुपार्‍यो फोहोर

इकागज | साउन १४, २०८१

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगक...