सुन तस्करी बढेपछि रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

इकागज | मंसिर ५, २०८०

रसुवा- रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि  प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो । 

रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवत जावत गर्न पाउँछन् ।  केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

केरुङ आवत जावतका लागि पास पाएका स्थानीयले अवैधरूपमा कुनै पनि सामग्री ल्याउन नपाउँदैनन् ।  राहदानीमार्फत आएका महिलाले ५० ग्राम एवं पुरूषले  २५ मात्र सुन ल्याउन पाउने प्रावधान रहेको बताइएको छ ।

केरूङबाट सुनको औठी ल्याई अवैध कारोबारमा संलग्न भएको आरोपमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–१ हाकु निवासी सिनेवाङ्दी तामाङ, आमाछोदिङ्मा –४ गोल्जुङकी लक्ष्मी तामाङ एवं  आमाछोदिङ्मा –५ चिलिमेकी ल्हाक्पावुटी तमाङ पक्राउ परेका हुन् । उनीहरूको साथबाट रु १४ लाख ९१ हजार छ सय २८ बरावरको  १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरुवा सुनका औठी जफत गरिएको थियो । 

उनीहरूलाई रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए । सशस्त्र प्रहरीबललाई चौकी स्थापना गर्ने जग्गा उपलब्ध गराउन वन तथा वातावरण मन्त्रालयले स्वीकृत नदिँदा नाकथलीमा चौकी स्थापना हुन सकेको छैन । रासस

मन तानिरहने एउटा ताल

इकागज | मंसिर ४, २०८०

मकवानपुर- दसैँ-तिहारको बिदामा नवलपरासी पश्चिमबाट चितवन आइपुगिन् ३९ वर्षीया शान्ति खड्का । दुई छोरा र श्...

पुस्तक बिक्रीबाट उठेको पैसाले चेपाङ समुदायलाई दिए मन्त्री किरातीले न्यानो कपडा

इकागज | कात्तिक २८, २०८०

भरतपुर (चितवन)- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चेपाङ समुदायलाई न्यानो कपड...

टिकटक बन्द हुँदा दु:ख लागेन, फेक अकाउन्ट बनाएर लाखौँ कमाउनेकाे राेजगार खाेसिँदा दु:ख लाग्याे : मेयर बालेन

इकागज | कात्तिक २७, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' ले सरकारले टिकट...

२२ जना मान्छेको ज्यान लिएको ध्रुवे हात्ती फेरि पस्‍न थाल्यो मानव बस्तीमा

इकागज | कात्तिक २७, २०८०

चितवन- धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि...

तिहारमा काठमाडौँको सुरक्षा व्यवस्था : २४ सै घण्टा देउसी भैलो खेल्न पाइने, भीडभाड हुने ठाउँमा ड्रोन

इकागज | कात्तिक २६, २०८०

काठमाडौँ- तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौँ प्रहरीले बताएको छ । ...

नेपाली फूलको प्रवर्द्धनका लागि महानगरले चार ठाउँमा फूल बिक्री केन्द्र तोक्यो

इकागज | कात्तिक २५, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले तिहारलाई सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ ।​ शनिबार काठमाड...

मकवानपुर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताकाे आयव्यय सार्वजनिक

इकागज | कात्तिक २५, २०८०

मकवानपुर- मकवानपुरकाे हेटौंडामा २०७९ माघ २८ देखि फागुन १० गतेसम्म स्थानीय तह सहिद स्मृति पाँचौँ मकवा...