मकवानपुरमा खेलकुद महोत्सव हुने

इकागज | कात्तिक १६, २०८०

मकवानपुर- मकवानपुर जिल्लामा आगामी पुस पहिलो साता खेलकुद महोत्सव हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौँको संयुक्त आयोजनामा हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको हो ।

आयोजकले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ देखि १७ गतेसम्म महोत्सव हुने आयोजक खेलकुद विकास समितिले जानकारी दिएको हो ।

आयोजकले महोत्सवका लागि हेटौंडा उपमहानगरपालिकाबाट अनुमति प्राप्त गरिसकेको समिति अध्यक्ष वेष खड्कीले बताए । महोत्सवका लागि भइसकेको र आवश्यक शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयबाट सहयोग प्राप्त हुनेछ ।

मेला अवधिभर किनमेल, साङ्गीतिक प्रस्तुति, नृत्यसहित दैनिक रूपमा खेलकुद प्रतियोगिता आयोजना हुने छ । खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उधान समेत राखिनेछ । महोत्सवमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ बिक्री तथा सेवनलाई पूर्ण रूपमा निषेध गरिने खड्गीले बताए ।

महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । महोत्सवमा विशेष आकर्षणको रूपमा उसु (राष्ट्रिय महिला र पुरुष), भलिबल (राष्ट्रिय महिला), कबड्डी (प्रदेश स्तरीय आमन्त्रित, महिला र पुरुष), कराँते (जिल्लास्तरीय महिला र पुरुष), फुलकन्ट्याक्ट कराँते (जिल्ला स्तरीय महिला र पुरुष), एथ्लेटिक्स (जिल्ला विद्यालय स्तरीय), आर्चरी (खेल प्रदर्शन), रेस्लिङ (आमन्त्रित राष्ट्रिय), कुस्ती (आमन्त्रित अन्तर्राष्ट्रिय प्रदर्शन), ब्याडमिन्टन रहने खड्गीले बताए ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साल नियुक्त

इकागज | कात्तिक १६, २०८०

हेटौंडा - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साल नियुक्त भएका छन् । नेपाली का...

बाढीले घरवारविहीन १४६ परिवार बसेको घरटहरा भत्काउँदै राप्ती नगरपालिका

इकागज | कात्तिक १६, २०८०

चितवन- चितवनको राप्ती नगरपालिका- ५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन्...

संघीय सरकारविरुद्ध बागमती सरकारद्वारा सर्वोच्च अदालतमा रिट दायर

इकागज | कात्तिक १३, २०८०

मनहरी- बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आइतबार बागमती प्रद...