रातोमाटेमा पटका र कपडा बरामद

इकागज | कात्तिक १३, २०८०

मकवानपुर- मकवानपुर प्रहरीले हेटौंडाको रातोमाटेबाट पटका र कपडा बरामद गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ३८९८ नम्बरको ट्याङ्कर र ना.४ ख ६०३१ नम्बरको बसलाई जाँच गर्दा पटका र कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।  

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी चौकी रातोमाटेको टोलीले ना.४ ख ३८९८ नम्बरको ट्याङ्करबाट बिभिन्न किसिमका–१६ प्याकेट पटका (१५५ पिस) बरामद गरिएको हाे । यसैगरी ना.४ ख ६०३१ नं.को बसबाट उनीको कुर्ता २६ पिस, कटनको कुर्ता सुरुवाल–२ पिस, साडी १५ पिस फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको कपडा ६९ हजार रुपैया बराबरको रहेको छ ।

प्रदेश सभाकाे बैठकमा उठाइएका प्रश्नकाे जवाफ दिन आनाकानी गर्दै बागमती सरकार

इकागज | कात्तिक ६, २०८०

मकवानपुर- संसदीय अभ्यास भएका मुलुकमा हरेक संसदमा विशेष समय र शून्य समयकाे व्यवस्था गरेकाे हुन्छ ।...

बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्मकट्टेल

इकागज | कात्तिक ३, २०८०

भक्तपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्न...

विविधताबीचको अनुपम संस्कार र संस्कृतिलाई विश्वभर पुर्‍याउनुपर्छ : नेता राजवंशी

इकागज | कात्तिक ३, २०८०

काठमाडौँ- नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु–सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त  ...

बागमती प्रहरीको चाडपर्व सुरक्षा योजनाः ५ हजार ४ सय प्रहरी फिल्डमा खटिने

इकागज | कात्तिक २, २०८०

मकवानपुर - बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशमा दसैँ तिहार चाडपर्व लक्षित सुरक्षा योजना...

टिपर सञ्चालनमा रोक

इकागज | कात्तिक २, २०८०

काभ्रेपलाञ्चोक- जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्...