तीजले चेली-माइतीबीचको सम्बन्ध प्रगाढ बनाउँछ : प्रदेश प्रमुख शर्मा

इकागज | असोज १, २०८०

मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली हिन्दु महिलाको महत्वपूर्ण पर्व तीजले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

हरितालिका (तीज) २०८० का सन्दर्भमा सोमबार जारी शुभकामना सन्देशमा प्रमुख शर्माले हिन्दु महिलाहरुले खुशी र उमङ्गका साथ मनाउने तीज पर्वले चेली र माइतीबीच सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरेका छन । ‘भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने सांस्कृतिक एवम् धार्मिक महत्वको यस पर्वले चेली र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ’ प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन, ‘विविध भाषा, धर्म संस्कृति र चाडपर्वले धनी हाम्रो देश नेपालमा तीजलाई हिन्दु महिलाले आफ्नो महत्वपूर्ण पर्व मान्दछन् । ’

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै शर्माले तीजको सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नुपर्ने बताए । ‘आफ्नै मौलिक विशेषता बोकेको तीजको सन्देश र महत्वलाई जीवन्त राखेर हाम्रो सांस्कृतिक पक्षको मौलिक संरक्षण गर्नु हाम्रो दायित्व पनि हो ।’ शर्माले भने । हाम्रा पर्वहरुले बोकेका सुरम्य तथा मोहक मौलिक परम्पराहरु विकृतिको पर्दाले नढाकिउन् भन्ने कुरामा सचेत रहन अत्यन्त जरुरी रहेको उनले आग्रह गरे ।

यो पर्व मनाइरहँदा यसले हाम्रो समाजमा विद्यमान सामाजिक तन्तुहरुको संरक्षण, सम्बर्द्धन गर्दै सहिष्णुतायुक्त समाज निर्माणमा पनि योगदान पुर्‍याउँन आवश्यक रहेको शर्माले सन्देशमा उल्लेख गरेका छन् ।

बागमती प्रदेश सभा : विशेष समय मात्रै सञ्‍चालन, चार विधेयक समितिमा पठाउन स्वीकृत

इकागज | भदौ ३१, २०८०

मकवानपुर- बागमती प्रदेश सभाको शनिबारको बैठक विशेष समयमात्रै बसेको छ । सभामुख भुवनकुमार पाठकले सभाको...

चिकित्सक कुटपिटको घटनालाई गम्भीर रूपमा लिएको छु : स्वास्थ्यमन्त्री जोशी

इकागज | भदौ ३०, २०८०

मकवानपुर - बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको अमानवीय घटनालाई आफूले गम्भीररूप...

प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ

इकागज | भदौ २९, २०८०

हेटौँडा - बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्र...