बजेटमा खेलकुद प्राथमिकतामा परेन : मन्त्री लिम्बु

इकागज | असार ३, २०८०

पोखरा । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले आगामी वर्षको बजेटमा खेलकुद प्राथमिकतामा नपरेको बताएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरा रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लिम्बुले संसदमा प्रस्तुत भएको बजेटमा युवा तथा खेलकुद मन्त्रालय प्राथमिकतामा पर्न नसकेको गुनासो गरेका हुन् । आफूले मन्त्रालय सम्हालेपछि केही योजना थप्नको लागि आग्रह गरेको भए पनि त्यसलाई सम्बोधन नगरिएको उनले खुलाए ।चालु वर्षमा पौने ४ अर्बको बजेट छुट्याइएको भए पनि अहिले घटाएर १ अर्ब ८८ करोडको सिलिङ बनाएको उनको भनाई थियो । 

मन्त्री लिम्बुले खेलसंघमा विवाद हुँदा खेल क्षेत्रमा समस्या हुने भएकोले संघहरुलाई इमान्दार बन्न जोड दिए । राजनीतिक स्वार्थको लागि मात्र संघमा नलाग्न उनको आग्रह छ । ‘संघहरुमा विवाद देखियो । यो विवाद अन्त्य हुनुपर्‍यो,’ उनले भने, ‘यहाँ एउटै खेलको थुप्रै संघ भएपछि विवाद हुने भयो । त्यसकारण संघमा रहेका साथीहरुले पनि खेलको वृहत्तर विकास र प्रवद्र्धनको लागि काम गर्नुहोस् ।’ 

खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको साझेदारी आवश्यक रहेको उनको भनाई थियो । ‘सरकारले मात्र सबैथोक गर्न सक्दैन, निजी क्षेत्रलाई पनि खेलकुद क्षेत्रसँग जोड्न आवश्यक छ, नभए हामी मात्र अगाडि बढ्न सक्दैनौं’, उनले भने, ‘यो क्षेत्रमा खेलकुद र खेलाडीलाई सहयोग गर्ने थुुप्रै सहयोगी मनहरु छन् सबैलाई मिलाएर अगाडि बढ्न सके खेलकुुदमा चाँडै फड्को मार्न सकिन्छ ।’
 

शीर्षकमै सीमित कृषि र स्वास्थ्य, सरकारको प्राथमिकतामा भौतिक पूर्वाधार

धनबहादुर गुरुङ | असार २, २०८०

पोखरा- गण्डकी प्रदेश अर्थमन्त्री जीतप्रकाश आलेले शुक्रबार गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८०/०८१ का ल...

गण्डकीका मुख्यमन्त्रीले भने - पाँच लाखभन्दा कमका योजना संघमै फिर्ता पठाउँछौँ

इकागज | जेठ ३२, २०८०

कास्की - गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले बजेटमार्फत साना योजना बिनियोजन गरी प्र...

गण्डकीका पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिन्छ– मुख्यमन्त्री पाण्डे

इकागज | जेठ ३१, २०८०

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र कार्यक्षेत्र भएका सबै पत्रकारको स्वास्थ्य ब...

सुत्केरी गराउने क्रममा आमा र शिशुको मृत्यु, चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप

इकागज | जेठ ३१, २०८०

तनहुँ- व्यास नगरपालिका–१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला दरै र शिशु दुबैको सुत्केरी गराउने क्र...

बेनी–जोमसोम सडक अवरुद्ध

इकागज | जेठ ३१, २०८०

म्याग्दी- बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने ...