मुस्ताङी राजकुमारको बिहेमा आज लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा

इकागज | असार १८, २०८०

पोखरा- मुस्ताङी राजाको छोराको बिहेमा मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज सार्वजनिक बिदा घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष टसी न्हर्बु गुरुङले आइतबार विज्ञप्ति निकालेर मुस्ताङी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् । पालिकाका जनताको माग अनुसार बिदा घोषणा गरिएको अध्यक्ष गुरुङले बताए ।

‘मुस्ताङी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिंघी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकाले सोमबार सार्वजनिक बिदा दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

झिग्मी सिंघी पलवर विष्ट मुस्ताङका अन्तिम राजा हुन् ।

राष्ट्रिय समन्वय बैठक: संघीयता कार्यान्वयनका अस्पष्टता अन्त्य गर्ने सहमति

धनबहादुर गुरुङ | असार १६, २०८०

पोखरा - पोखरामा शनिबार राष्ट्रिय समन्वय परिषदको बैठक भयो । बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्...

बागलुङका स्थानीय तहका नीति : कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा

इकागज | असार १४, २०८०

बागलुङ- बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाको दुई पालिकाले कुकुर र बाँदर...

गण्डकीका कुश्मा, फलेबास, जलजला र बिरुवाले ल्याएनन् बजेट

धनबहादुर गुरुङ | असार १२, २०८०

पोखरा- कानुनी प्रावधान अनुसार स्थानीय तहले असार १० गतेसम्म नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कान...

भिरबाट लडेर मृत्यु

इकागज | असार १२, २०८०

गोरखा- भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङक...