तनहुँ क्षेत्र नं २ बाट शंकर भण्डारी निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
भण्डारीले ३० हजार ६ सय ४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाएका छन् ।