टहरा भत्काएपछि छाप्रा बनाएर बसेकाहरूले घेरे महानगर

इकागज | साउन १०, २०७९

पोखरा - पोखराका भूमिहीन सुकुम्बासीले महानगरको कार्यालय घेरेका छन् । आफूहरूको बसिरहेको छाप्रो भत्काएको विरोधमा उनीहरूले महानगरमा घेराउ गरेका हुन् ।

केही समयअघि पोखरा महानगरले ३३ नम्बर वडामा डोजर लगाएर छाप्रा भत्काएको थियो । ती छाप्राहरु अवैध रुपमा जग्गा पाउने आसले रातारात बनेको भन्दै भत्काइएको महानगरले जनाएको छ ।

अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले महानगरको कामप्रति विरोध जनाउँदै प्रदर्शन गरेको हो । संघका कास्की सचिव काजी गुरुङले मेयरको कार्यशैली विभेदपूर्ण भएको आरोप लगाए । ‘सुकुम्बासीको बस्तीमा दानवीय काम भयो । छाप्रा भत्काउनु अन्याय हो,’ उनले भने, ‘हामीलाई गरिखान दिएन । जग्गा जमिन महानगरले खोस्यो ।’

उनले जनताको समस्यामा गम्भीर हुन मेयर धनराज आचार्यको ध्यानाकर्षण गराए । पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरू बल प्रयोग गरी हटाएको थियो । अहिले कास्कीमा पनि वास्तविक सुकुम्बासीलाई जग्गा वितरणको लागि तयारी अन्तिम चरणमा पुगेको छ । यही मौका छोपेर ठाउँठाउँमा नयाँ बस्तीहरु बस्न थालेका छन् ।

वर्षा र गर्मीका कारण जिल्ला अस्पतालमा बिरामी बालबालिकाको संख्या बढ्दो

इकागज | साउन ५, २०७९

लमजुङ- जिल्ला अस्पताल लमजुङमा ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । वर्षा र अत्याधिक गर्मीका कारण ...

आफ्‍नै नगर प्रहरी र कानून अधिकृत हुँदाहुँदै पोखरा महानगरले बाहिरबाट झिकायो

इकागज | साउन ५, २०७९

पोखरा- पोखरा महानगरपालिकासँग हाल २८ जना नगर प्रहरी छन् । २९ जनाको दरबन्दी रहेकोमा केही समयअघि एकजनाक...