बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन

इकागज | असोज ९, २०८१

बलेवा (बागलुङ)- काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष वृहस्पति कँडेललाई भवनको साँचो मङ्गलबार हस्तान्तरण गरेका हुन् ।

 दुईतले भवनमा सना–ठूला ५३ वटा कोठा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु छ करोड १२ लाख लागतमा उक्त भवन निर्माण भएको हो ।

“भवनको जिम्मेवारी लिएका छौँ, स्वास्थ्यमन्त्रीबाट उद्घाटन गराएपछि नयाँ भवनबाट सेवा प्ररम्भ हुन्छ”, अध्यक्ष कँडेलले भने, “पाँच शय्याको अस्पताल सञ्चालन गर्ने योजना छ, जनशक्ति व्यवस्थापनपछि अस्पताल सञ्चालनमा गरिने छ ।” –रासस

 

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

इकागज | असोज ९, २०८१

म्याग्दी- विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारै तिरबाट घेरेको माटोको पर्खाल । वरपर सुख्खा कल...

सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै

इकागज | असोज ७, २०८१

दमौली (तनहुँ)- तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थ...

संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट

इकागज | असोज ३, २०८१

गण्डकी- गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सकिने ब...