एमाले गण्डकी : निर्वाचन प्रक्रिया बुधबारका लागि धकेलियो

इकागज | असोज १६, २०८०

पोखरा- नेकपा एमाले गण्डकी प्रदेश कमिटी अधिवेशनको निर्वाचन प्रक्रिया मंगलबार हुने भनिएको निर्वाचन प्रक्रिया बुधबारका धकेलिएको छ । निर्वाचन मण्डलका अनुसार बिहानसम्मका लागि स्थगित भएको हो । 

बुधबार बिहान ७ बजेबाट अधिवेशनको निर्वाचन प्रक्रिया सुरु एक प्रतिनिधिले बताए । उनका अनुसार सहमतिको बाटो खोजिँदा थप प्रक्रिया लम्बिएको हो । यसअघि उम्मेदवारी दर्ताको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो । तर, क्लस्टरमा कुरा नमिल्दा उक्त समय साँझ ५ बजेका लागि सारिएको थियो । प्रदेश कमिटीमा जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका लागि क्लस्टर मिलाउनुपर्ने भएको हुँदा मनोनयनको समय सारिएको थियो ।

सहमतिको प्रयास गरिए पनि प्रभावशाली नेताहरू निर्वाचन जान तयार छन् तर, आफ्नो मान्छे नछुटुन् भन्ने पक्षमा छन् । यहाँ खासगरी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्ष आफ्नो फेबरको मान्छे नेतृत्वमा राख्न चाहन्छन् ।

गठबन्धनको सरकार रहेसम्म जनताको भाग्य र भविष्य बिग्रन्छ : महासचिव पोखरेल

इकागज | असोज १५, २०८०

पोखरा- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले जनताको भाग्य र भविष्य बिगारेको बता...

एमाले गण्डकीकाे अधिवेशन उद्घाटन गर्न केपी आएनन्, महासचिव शंकर पाेखरेलबाट कार्यक्रम उद्घाटन

इकागज | असोज १५, २०८०

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन सोमबार सुरु भएकाे छ । उद्घाटन ...

केपी ओली अझै पुगेनन् पाेखरा, एमाले गण्डकीकाे अधिवेशन उद्घाटन नहुँदै मन्तव्यकाे कार्यक्रम सुरु

इकागज | असोज १५, २०८०

पोखरा। नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन समारोह प्रतिकूल मौसमका कारण केही ढिलो ...

एमाले गण्डकी अधिवेशन : पृथ्वीसुब्बा र खगराज पक्षको चर्चा

धनबहादुर गुरुङ | असोज १४, २०८०

पोखरा - नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशन सोमबार सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ...