लमजुङमा ३ बजेसम्म ४० प्रतिशत मत खस्यो

इकागज | मंसिर ४, २०७९

लमजुङ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानमा लमजुङमा ४० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख  नारायण सापकोटाका अनुसार अपरान्ह ३ बजेसम्म ५३ हजार १ ५४ मत खसेको छ ।

लमजुङका १३० वटा मतदानस्थको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ । लमजुङमा प्रतिनिधिसभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा  छन् ।

लमजुङमा जम्मा एक लाख ३३ हजार ५५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार २८८ महिला मतदाता रहेका छन् भने ६५ हजार २७१ पुरुष मतदाता छन्।

कास्कीमा ३ नमुना मतदान केन्द्र, जहाँ महिला कर्मचारी मात्र खटिँदैछन्

धनबहादुर गुरुङ | मंसिर ३, २०७९

पोखरा- कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले सम्हालेका छन् । जिल्लाका १ सय ५० मतदा...

बर्खास्तीमा परेका मन्त्री खड्का भन्छन् - मुख्यमन्त्रीसँग सम्बन्धित अडिओ-भिडियो सार्वजनिक गर्छु

इकागज | मंसिर १, २०७९

पोखरा। गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल...

‘मन्त्री पदबाट मेरो बर्खास्तीको कारण नेतृत्वसँग सोध्छु’: कुमार खड्का

धनबहादुर गुरुङ | कात्तिक ३०, २०७९

पोखरा । गण्डकी प्रदेश सरकारमा निर्वाचनको समयमा एकपछि अर्को मन्त्री बर्खास्तीमा परिरहेका छन् । निर्वाचन प्रचा...

एमाले भन्ने पार्टी केपी ओली प्रालिमा परिणत भैसक्यो : तरुणदल अध्यक्ष गुरुङ

इकागज | कात्तिक २९, २०७९

पर्वत- नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आज पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै ए...

चुनावकाे छेउमै गण्डकीका भाैतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

इकागज | कात्तिक २९, २०७९

पाेखरा। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णच...

चासोमा गण्डकीकाे चुनाव : प्रधानमन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीको चर्चा

इकागज | कात्तिक २९, २०७९

गण्डकी । विभिन्न दलका शीर्ष नेता उम्मेदवार रहेको गण्डकी प्रदेशमा यतिखेर नजिकिँदो निर्वाचनले चहलपहल बढाएक...