एकदिन पनि पूरा अवधि बैठक नबसेरै अन्त्य भयो लुम्बिनीको नवौं अधिवेशन

इकागज | मंसिर २, २०७८

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच एकदिन पनि पूरा अवधि बैठक नबसेरै लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । 

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरेका हुन् । एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि २८ साउनमा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन सरकार बनेकाे थियाे ।

लगत्तै १ भदौमा प्रदेशसभाको अधिवेशन आह्वान भएको थियो । तर तीन महिनासम्म चलेको अधिवेशनमा प्रदेशसभाको बैठक एकदिन पनि पूरा अवधि बसेन ।

बैठक आह्वान भएकै दिन मुख्यमन्त्री केसीले एमालेको अवरोधका बीच विश्वासको मत लिएका थिए । प्रदेश सरकारले अघिल्लो सरकारले ल्याएको बजेटविरुद्ध प्रतिस्थापन विधेयक ल्याइ नीति कार्यक्रम समेत प्रस्तुत गरेको थियो भने एमालेको अवरोधकै बीच प्रतिष्थापन विधेयक र नीति कार्यक्रम पारित भएका थिए । त्यसपछि सरकारले नयाँ बजेट ल्याएर प्रदेशसभाबाट केही विधेयकसमेत पारित गराएको थियो ।

एमालेले पनि आफ्ना दुई सांसदमाथिको कारबाही सदर नभएसम्म सदन चल्न नदिने भन्दै बैठक अवरुद्ध गर्नुका साथै केही बैठक बहिस्कार गरेको थियो । आफूहरुको सहभागिताबिनै पारित भएका विधेयक र सरकारले गरेका निर्णय कानुनविपरित भएकाले मान्य नहुने एमाले प्रदेशसभाका सचेतक भूमिश्वर ढकालले बताए ।

लुम्बिनी प्रदेशसभामा सूर्य चुनाव चिन्ह लिएर जितेका नवलपरासीका अजय शाही र दाङकी विमला खत्री वली माओवादी केन्द्रमा लागेपछि एमालेले कारबाही गरेको थियो । कारबाही गरेका सांसदलाई सभामुखले वैधानिकता नदिएको भन्दै एमालेले निरन्तर सदन अवरुद्ध गरिरह्यो । सभामुख पूर्णबहादुर घर्तीले भने एमालेले गरेको कारबाहीमा कानुनी आधार नदेखिएको बताएका छन् । अहिले शाही मन्त्री र वली राज्यमन्त्री छन् । सभामुख सत्तारुढ दलको इशारामा चलेको भन्दै एमाले सभामुखसँग टाढिएको छ । 

एमालेसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न ओलीको चेतावनी

इकागज | मंसिर १, २०७८

नेपालगञ्ज - एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् ।...

लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव, यातायात ठप्प

इकागज | कात्तिक ३०, २०७८

बुटवल- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशक...

बाँकेमा क्षेत्रीय सभापतिका दाबेदारसहित गाउँपालिका उपप्रमुख वडामै पराजित

इकागज | कात्तिक २९, २०७८

नेपालगञ्‍ज- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइतबार भएको वडा अधिवेशनको निर्वाचनमा पा...

यी हुन् लुम्बिनी प्रदेशबाट एमाले महाधिवेशन प्रतिनिधिहरू

विक्रम खड्का | कात्तिक २८, २०७८

बुटवल – नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा स...

शाही र वलीको विषयमा उठेका प्रश्‍न निरुपण नभएसम्म संसद चल्दैन: पोखरेल

इकागज | कात्तिक २८, २०७८

बुटवल- लुम्बिनी प्रदेश सभाका एमाले दलका नेता शंकर पोखरेलले प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमार...