नेपालगञ्जको वाटरपार्कमा मोटरबोट सञ्चालन, कति लाग्छ शुल्क ?

इकागज | चैत १३, २०८०

नेपालगञ्ज- मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ । 

परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा भव्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बि.बि. (बिष्णु) ढकालले बताए ।

खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटरपार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ ।

कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेबापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए । मोटरबोट चलाउन करिब २ करोड खर्चिएको ढकाल बताउँछन् ।

कति लाग्छ शुल्क ?

पर्यटकले मोटरबोट चढ्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दूरी सयर गर्न सक्नेछन् । 

के छ आगामी योजना ?

नेपालगन्जको सोही पार्कमा जेटस्कि, ५ वटा पावर स्पोर्ट्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।

यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरत तालमा पर्यटकहरूलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।

सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउँछ : मन्त्री भण्डारी

इकागज | चैत २, २०८०

बाँके- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति नि...

मुसिकोटका जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

इकागज | फागुन २८, २०८०

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकाला...