दाङमा दुई सातामा मरे ३० खसी बाख्रा

इकागज | कात्तिक १०, २०७८

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका– १३ फूलबारी क्षेत्रमा खसी बाख्रामा प्रकोप देखिएको छ । खसी बाख्रामा झाडापखालाको प्रकोप देखिएको हो । खसी बाख्रामा पखाला लाग्ने, बिरामी हुने र मर्ने क्रम बढेको स्थानीय किसानहरूले बताएका छन् । प्रकोपबाट दुई साताको अवधिमा ३० खसी बाख्रा मरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा बाख्रा पालन गर्दै आएका ६ जना किसानका ३० वटा खसी बाख्रा मरेको बाख्रा पालक किसान गोविन्द सुवेदीले जानकारी दिए ।

उनका अनुसार खसी बाख्रामा केही दिनदेखि पखालाको समस्या देखिएको थियो । उक्त समस्या देखिएको केही दिनमा नै सबै खसी बाख्रा मरेको उनले बताए । बिरामी भएका स्थानीय किसान हिरामती चौधरीका चार खसी र सात बाख्रा गरी ११ वटा, लालबहादुर चौधरीको दुई बाख्रा, शान्ता चौधरीको ६ बाख्रा, बलवीर चौधरीको चार वटा बाख्रा, मनोज चौधरीका चार बाख्रा र पूर्णबहादुर चौधरीका दुई बाख्रा मरेको उनले जानकारी दिए ।

दुई साताको अवधिमा उक्त संख्यामा खसी बाख्रा मरेको र अझै पनि ८ वटा बिरामी रहेको पशु सेवा शाखा तुलसीपुरका शाखा अधिकृत सुवास आचार्यले जानकारी दिए ।

किसानले समयमा उपचारमा ध्यान नदिँदा ठूलो क्षति भएको उनले बताए । वर्षातको समयमा खसी बाख्राको खानपान र स्याहारमा ध्यान नदिँदा मरेको उनले बताए । चरनका क्रममा भिजेका कारण पखाला र ज्वरो आउने जस्ता लक्षण देखिएकाले उनीहरूको खानपान, औषधीउपचार र स्याहारमा विशेष ख्याल गर्नुपर्ने उनले बताए । आफूहरूले पीडित किसानसँग भेट गरी बाँकी बिरामी बाख्राका लागि औषधि र परामर्श दिइएको आचार्यले जानकारी दिए ।

एमालेले आफ्नै कारण गुमायो, संघ र तीन वटा प्रदेश सरकार

सन्तोष अधिकारी | कात्तिक १०, २०७८

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफैँले हुर्काएको ...

निर्धारित समयमै महाधिवेशन सक्नुपर्ने कांग्रेसलाई बाध्यता : नेता पौडेल

इकागज | कात्तिक ८, २०७८

नेपालगञ्ज- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्‍न १४औँ महाधिवेशन निर्धारित स...

गृहमन्त्रीको ठाडो निर्देशनमा उत्कृष्ट पुरस्कार पाएको भोलिपल्टै डीएसपीको सरुवा

इकागज | कात्तिक ८, २०७८

बुटवल- गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीए...

विमानस्थलमा राख्‍ने तयारी गरिएको साढे दुई अर्ब मुल्यको बुद्धमूर्ति भैरहवामा

इकागज | कात्तिक ५, २०७८

भैरहवा- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार न...

काठमाडौँमा न्यायको लडाई जितेर नेपालगञ्ज पुगेपछि लाग्यो नारा, ‘रुबी खान, जिन्दावाद’

इकागज | कात्तिक ३, २०७८

काठमाडाैँ - बाँकेदेखि पैदल हिँडेर काठमाडौँमा दुई हप्ता कठोर आन्दोलनबाट सरकारले न्याय दिलाउने सु...