कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

इकागज | जेठ २३, २०८१

काठमाडौं - कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइलगायतका पक्षहरूलाई प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । आधुनिक सुविधासहितको प्रदेश रङ्गशाला निर्माणको कार्य समय सीमाभित्रै सम्पन्न हुने पनि उल्लेख छ ।

साथै, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरूलाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउन कर्णाली प्रदेशका सबै वडाहरूमा प्रदेश सरकारको उपस्थिति रहने पनि बताइएको छ ।

रैथानेबाली संरक्षण र उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरिनेदेखि कृषिमा सहुलियत ब्याजको अनुदानसम्मका कुराहरुलाई नीति तथा कार्यक्रमले समेटेको छ ।

स्वास्थ्य अन्तर्गत प्रदेश मातहतका अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै लगिने र प्रदेश अस्पतालबाट एमआरआई र मृगौला प्रत्यारोपणको सेवा सञ्चालन गरिने बताइएको छ ।

सुर्खेतबाट कालीकोट जाँदै गरेको जीप दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

इकागज | जेठ १७, २०८१

काँक्रेविहार (सुर्खेत)- सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर...

'गणतन्त्र स्थापनाको १७ वर्षमा पनि कर्णाली प्रदेशको अवस्थामा परिवर्तन आउन सकेन'

इकागज | जेठ १४, २०८१

काठमाडौँ- गणतन्त्र स्थापनाको १७ वर्षमा पनि कर्णाली प्रदेशको अवस्थामा परिवर्तन आउन नसकेको भन्दै सांसदहरूले ...

मुख्यमन्त्री कँडेलद्वारा बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त

इकागज | जेठ १०, २०८१

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गौतम बुद्धका दर्शनले नेपाल ज्ञान र चिन्तन परम्पर...