स्थानीय तहको निर्वाचनमा दैलेखमा चुनावी तालमेल गर्दै चार दल

इकागज | चैत २५, २०७८

सुर्खेत- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा चार दलले चुनावी तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच दैलेखमा चुनावी तालमेल गरिने भएको हो ।

सत्ता गठबन्धन दलको बैठकपछि संयुक्त अपिल जारी गर्दै जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय भएकाे जानकारी दिइएकाे छ ।

बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिलअनुसार निर्वाचन केन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चारवटै दलका पार्टी प्रमुखसहित ७ जना गठबन्धन संयन्त्र गठन गरेको उल्लेख छ। चारवटै दलले जिल्ला तथा पालिका तहमा सत्ता गठबन्धनलाई व्यवस्थित गर्न गठबन्धनको मर्ममा चोट पुग्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्त नगर्न निर्देशनसमेत दिएको छ ।

कर्णाली प्रदेशले माग्यो १३३ स्टाफ नर्सदेखि सबइन्जिनियरसम्म, कुन जिल्लामा कति ?

इकागज | चैत २५, २०७८

काठमाडौं - कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको...

स्थानीय तह निर्वाचन : सुर्खेतमा पाँच राजनीतिक दलले तालमेल गर्ने

लक्ष्मी भण्डारी | चैत २४, २०७८

सुर्खेत -  आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतका पाँच राजनीतिक दल गठबन्धन गरेर...

हुम्लामा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय, गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिने सहमति

इकागज | चैत २२, २०७८

सिमकोट- वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले हुम्लामा चुनावि तालमेल गर्ने भएका छ...

स्याउका सात लाख बिरुवा रोपेका छौँ, सहिद स्मृति आवासीय विद्यालय चलाएका छौँ

जितेन्द्र थापा | चैत २०, २०७८

भौगोलिक रूपमा विकट मानिने कालिकोटको पलाता गाउँपालिका नेपालका अति विकट र अल्पविकसित क्षेत्रमध्ये एक थि...

कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनित

इकागज | चैत २०, २०७८

कर्णाली- नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही...