कर्णालीलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार ६७१ बालबालिकाले लगाए खोप

इकागज | असोज २६, २०८०

कर्णाली- कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन् । 

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरे । सो अवसरमा उनले सिङ्गो प्रदेशलाई पूर्णखोप बनाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गीता मिश्र भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ । कर्णाली अब पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ । 

यहाँका दश जिल्लाका ३४ हजार छ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनले खोप लगाउन छुटेकालाई पनि खोजी गरी खोप लगाउन सुझाउने बताए । 

कर्णालीको दैलेख विसं २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । घोषणासभामा जिल्ला समन्वय समिति सुर्खेत र मुगुका प्रमुखद्वय गङ्गाराम सुनार र मन्जन कार्कीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएको थिए । रासस

कर्णाली प्रदेशले इजरायलमा मृत्यु भएका परिवारलाई तीन लाख दिने

इकागज | असोज २४, २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिव...

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्यः ५४ घण्टामा ३९ बैठक, दुई वटा विधेयक पारित

इकागज | असोज २३, २०८०

सुर्खेत - कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ। हिजाे सोमबार राति १२ ब...

कुपोषण कार्यक्रमका नाममा करोडौं बजेट खर्च, अवस्था भने उस्तै

लक्ष्मी भण्डारी | असोज २२, २०८०

सुर्खेत- पोषणको क्षेत्रमा ठूलो लगानी हुँदै आए पनि कर्णालीका बालबालिकाहरू अझै कुपोषणको सिकारमा रहेका छ...

तुइनबाट तर्दातर्दै डोरी चुँडिएर कर्णाली नदीमा नेपाली बेपत्ता

इकागज | असोज २१, २०८०

सिमकोट (हुम्ला)- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने ...