सुर्खेतमा प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुँदै

इकागज | असार ४, २०७९

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर असार ७ गते प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले प्रतियोगिता आयोजना गर्न लागेको हो ।  आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितामा खुल्ला पुरुषतर्फको हाफ म्याराथनमा २१ किलोमिटर दौड हुने जनाइएको छ । यस्तै विद्यालयस्तरको छात्रछात्रा तर्फको म्याराथनमा भने पाँच किलोमिटर दौड प्रतियोगिता हुने छ । 

वीरेन्द्रनगरस्थित वीरेन्द्रचोकबाट सुरु हुने दौड मंगलगढी चोक हुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न हुनेछ ।कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेलाई ७१ हजार, दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौंथोलाई २० हजार, पाचौंलाई १५ हजार र छैठौं स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए ।  यस्तै विद्यालय स्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार दिइने छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको पूर्वतयारीमा रहेको जनाए । यसैका लागि अहिले विभिन्न अभ्यास र प्रतियोगिताहरु गर्न लागेको उनले जानकारी दिए ।  म्याराथन प्रतियोगिताले पनि कर्णाली खेलकुदको विकासमा दौडिरहेको सन्देश दिने उनको भनाई थियो । कर्णालीमा खेलकुदको धेरै सम्भावना रहेको र यहाँको प्रतिभालाई प्रतिस्पर्धामा उतारेर कर्णालीलाई म्याराथनबाटै विश्वभर चिनाइने उनको भनाई छ । 

प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहनेछन्। प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

‘सूर्ती तथा मदिराजन्य’ बाहेकका उद्योगको शुल्कमा कर्णाली सरकारले छुट दिने

इकागज | असार ४, २०७९

कर्णाली - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सूर्ती तथा मदिराजन्य बाहेकका उद्योग स्थापना...

वीरेन्द्रनगर नगरपालिकालाई सिटी बसपार्कको भाडा रकम उठाउन हम्मे हम्मे

इकागज | जेठ ३१, २०७९

सुर्खेत - वीरेन्द्रनगर नगर कार्यपालिकाको पहिलो बैठकले लामो समयदेखि नउठेको सिटी बसपार्कको राजस्व रकम असु...

विद्युत महसुल नतिर्ने कर्णालीका अटेरी १२ सरकारी कार्यालय, मन्त्रालयदेखि नगरपालिकासमेत

इकागज | जेठ २९, २०७९

सुर्खेत- विद्युत प्राधिकरणले कर्णाली प्रदेशका १२ सरकारी कार्यालयले विद्युत महसुल बापतकाे ...

पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयो : मुख्यमन्त्री शाही

इकागज | जेठ २८, २०७९

सुर्खेत- प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनब...

दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी

इकागज | जेठ २६, २०७९

सुर्खेत - जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही वि...