सुदूरपश्चिम

प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रमा

इकागज | कात्तिक ४, २०७८

डोटी- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाहरुको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए । उनले भने, 'बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाइँहरुले प्रभावितलाई चुस्त रुपमा सेवा दिनुहोला ।' 

आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी आएका प्रधानमन्त्री देउवाले यहाँका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरुको उद्धार र राहातका लागि निर्देशन दिएका हुन् ।  

प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले एवं पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् ।  

प्रधानमन्त्रीसहितको सो टोली आज बिहान काठमाडौँबाट सुर्खेत हुँदै दिपायल आएको हो । टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो । 

आजै उक्त टोली जोगबुढाबाट कञ्चनपुर पुगी सदरमुकामका साथै त्यहाँका बाढी प्रभावित क्षेत्र दोधारा–चाँदनी, वह्मदेव क्षेत्रमा बाढीले गरेको क्षतिका बारेमा निरीक्षण अनुगमन गरी कैलालीको धनगढी फर्किने कार्यक्रम तय भएको छ । रासस

बाढी पहिरोले क्षतविक्षत सुदूरपश्चिमलाई सङ्कटग्रस्त घोषणा गर्न माग

इकागज | कात्तिक ३, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृ...

प्रहरीकाे सञ्‍चार सेटले काम गर्न छाडेपछि प्रहरी नै सम्पर्कविहीन

इकागज | कात्तिक ३, २०७८

बैतडी - विद्युत् सेवा अवरुद्ध भएसँगै प्रहरीसँग भएका सञ्चार सेटहरूले काम गर्न छाडेपछि समस्या भएको छ ।&nbs...

कैलालीको पुर्वी क्षेत्र डुबानमा : बाँध फुटेर बस्तीमा पस्‍यो कर्णाली

इकागज | कात्तिक ३, २०७८

कैलाली- आइतबारदेखि परेको अविरल वर्षापछि कर्णाली नदीमा आएको बाढीले कैलालीको पुर्वी क्षेत्र डुबानमा परेक...