सुदूरपश्चिम

७ जना कोभिड संक्रमित थपिए

इकागज | कात्तिक १, २०७८

कैलाली - सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार थप ७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६५ जनाको नमुना परीक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जनाकारी दिए ।

यस्तै सोही अवधिमा दुई जना कोभिड संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ७ का ७० बर्षीय एक पुरुष र कञ्चनपुरको बेलडाडी गाँउपालिका २ का ६७ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

हाल अस्पतालमा ७ जना कोभिड संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियुमा उपचार भइरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जना अस्पताल भर्ना भएका छन् । भने ३ जना कोभिडमुक्त भएका छन् ।

सुदूरका पहाडी जिल्लाहरूमा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

इकागज | कात्तिक १, २०७८

दार्चुला - सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, डोटी आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टाम...

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

इकागज | कात्तिक १, २०७८

कैलाली - लगातारको वर्षाका कारण पहिरो खसेपछि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राज...

दसैंलाई लक्षित गरेर कैलाली प्रहरीले ड्रोनबाट समेत सुरक्षा चेकजाँच बढायो

इकागज | असोज २८, २०७८

कैलाली - दसैंलाई लक्षित गरेर कैलाली प्रहरीले ड्रोनबाट समेत सुरक्षा चेकजाँच बढाएको छ। नेपालीहरूको महान...