सुदूरपश्चिम

डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण

इकागज | चैत २५, २०८०

डोटी- डोटीमा  प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा  प्याजखेती गरेका छन् ।

विसं २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले  गत वर्ष  आठ रोपनीमा  प्याजखेती गरेका थिए । कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याजखेती विस्तार गरेको उनले बताए ।

२० रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको महराले बताए । “बीउ फरक–फरक समयमा राखेको थिएँ, त्यसरी नै फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो । प्याज रोप्न ५५ दिन बराबर ज्यालामा स्थानीयलाई काम लगाएको छु, महराले भने ।” एक दिन काम गरेबापत एक जनालाई आठ केजी प्याज दिने सहमति भएको उनले बताए । उनले सिजनमा रु २५ देखि ३५ प्रतिकिलो र बेसिजनमा रु ४५ देखि ८० प्रतिकिलोका दरले प्याज बिक्री गर्दै आएका छन् । 

प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको महरा बताउँछन् । उनले भने, “सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ, प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको छ ।” 

महराले यस वर्षदेखि प्याजको बीउ पनि उत्पादन गर्न सुरु गरेका छन् । पहिलोपटक एक सय ५० गाना प्याज बीउँका लागि रोपिएका छन् । महराले गरेको प्याजखेती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाकै नमूना रहेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । 

महराले गरेको प्याजखेतीबाट आफू प्रभावित भएपछि उनलाई प्रोत्साहनस्वरूप ज्ञान केन्द्रबाट बीउ र सात सय मिटर ३२ एमएमको सिँचाइ पाइप सहयोग गरिएको अवस्थीले बताए । महराले प्याज रोपेको जमिनबाट करिब दुई क्विन्टल प्याज उत्पादन हुने अनुमान गरिएको उनले बताएका छन् । किसानले फलाएका प्याजको बजारीकरण गर्न व्यापारीसँग समन्वय गरिरहेको पनि अवस्थीले जानकारी दिए ।
 
यसैगरी बोगटान फुड्सिल गाउँपालिका–१ का यम बमले १० रोपनी जमिनमा प्याजखेती गरेका छन् । उनले काटैस्थित मौडामा प्याजखेती गरिरहेको बताए । उषा बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर कृषि पेशा गरिरहेका बमले तीन वर्षदेखि प्याजखेती गर्न थालेका हुन् । बमले थप ४० रोपनीमा प्याजखेती गर्ने सोच बनाएको बताए ।  

दिपायल सिलगढी नगरपालिका–२ पन्तोलाका ध्रुव मलासीले पनि प्याजखेती गरेका छन् । उनले छ रोपनी जमिनमा प्याज र दुई रोपनीमा लसुन लगाएको बताए । लसुनप्याज बेचेर गर्जो टार्न सकिने भएकाले यसतर्फ आफू आकर्षित भएको उनले सुनाए । रासस

सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

इकागज | चैत २३, २०८०

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई...

सेती प्रादेशिक अस्पतालमा प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट उद्घाटन

इकागज | चैत २२, २०८०

काठमाडौँ- जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल...

रञ्जिता र रेशमको विवाद छताछुल्ल, सुदूरपश्चिममा दुइ वटा ह्विप जारी

इकागज | चैत २१, २०८०

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति प...

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नाउपा अध्यक्ष श्रेष्ठको ह्विप

इकागज | चैत २१, २०८०

धनगढी - नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहाद...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत्र २२ मा विश्वासको मत लिने

इकागज | चैत २०, २०८०

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । सरकारले विश्व...

टीकापुर बैठकको निर्णय नमान्ने नाउपाका दुई संस्थापक केन्द्रीय सदस्यको घोषणा

इकागज | चैत १६, २०८०

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई संस्थापक केन्द्रीय सदस्यले टीकापुर बैठकको निर्णयलाई नमान्...