सुदूरपश्चिम

३४० रुपैयाँ लुट्नका लागि युवकको हत्या !

नवराज पनेरु | जेठ १९, २०७८

धनगढी : बिहीबार राति कैलालीको धनगढी बसपार्कमा एक युवक मृत फेला परे । मृत फेला परेका २७÷२८ वर्षको युवकको मुख, टाउको र शरीरमा चोट थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिटका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकाल्यो । दोस्रो दिन पनि मृतकको पहिचान भने हुन सकेन् । घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले मृतक देखिएको सीसीटीभी फुटेज पायो र विश्लेषण गर्न थाल्यो । सीसीटीभी फुटेजमा रातिको समयमा मृतक बसपार्क क्षेत्रमै डुल्दै गरेको दृश्य देखियो ।

केही समयपछि उनी बसपार्कभित्रै रहेको प्रतिक्षालयमा पल्टिए । त्यहाँ चार जना युवक आउँछन् । पल्टिएका युवकको खल्ती चेक गर्न थाल्छन् । एउटा खल्तीमा भएको रकम लुट्छन् । पल्टिएका युवकले हलचल गरेपछि चारै युवक त्यहाँबाट भाग्छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्,‘खल्तीमा भएको तीन सय ४० रुपैयाँ लुटेर गएका उनीहरु पुनः थप रकम हुनसक्ने ठानेर युवक भएकै स्थानमा पुगेको सीसीटिभी फुटेजमा देखिन्छ ।’

चार जना आएको थाहा पाएपछि युवक उठ्न खोज्छन् । तर चारमध्ये एक जनाले उनलाई लात्ताले हिर्काएर लडाउँछन् । उनी प्रतिवाद गर्न सक्दैनन् । चार जनाले पालैपाले उनीमाथि कुटपिट गर्छन् र केही समयमा उनीहरू भाग्छन् । कुटपिटमा संलग्न चारै जनालाई प्रहरीले शुक्रबार साँझ नै पक्राउ गरिसकेको छ ।

धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वीचौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाही छन् । उनीहरु चारै जना गाडीका सहचालक रहेको खुलेको प्रहरीले जनाएको छ ।

मृतक र उनीहरुबीच चिजानभने नरहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले बताए । ‘दुई जनाले ४० र अन्य दुई जनाले तीन सय गरी तीन सय ४० रुपैयाँ लुटेर कुटपिट गर्दै हत्या गरेको देखिन्छ, प्रहरी निरिक्षक गुरुले भने,‘उनी पल्टेको मौका छोपेर खल्तीमा भएको रुपैयाँ लुटेको पाइयो । जुन कुरा प्रारम्भिक अनुसन्धानमा अभियुक्तले पनि स्वीकार गरेको अवस्था छ ।’

प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । मृतक युवकको पहिचान भएको छैन । प्रहरीले सेती प्रादेशिक अस्पतालमा राखेको शवको धनगढी उपमहानगरपालिकासँगको समन्वयमा अन्तिम संस्कार गरिसकेको जनाएको छ ।

हुलाकी सडक निर्माणमा भारतको अवरोध, कालोपत्रेको काम रोकियो

नवराज पनेरु | जेठ १९, २०७८

धनगढीः कञ्चनपुरमा हुलाकी सडकको निर्माणमा फेरि भारतीय पक्षले अवरोध गरेको छ । हुलाकी सडकअन्तरगत जिल्लाको ब…

सुदूरपश्‍चिमका नवनियुक्त मन्त्री र सचेतकले भने, ‘कारबाहीको सिफारिस षड्यन्त्रपूर्ण र अनुचित’

नवराज पनेरु | जेठ १८, २०७८

धनगढी: सुदूरपश्चिममा एमालेको तर्फबाट प्रदेश सरकारमा नवनियुक्त मन्त्री र नेकपा एमालेका सचेतकले प्रदेश कमिटी…

ओली पक्षका सांसद बोहराले स्पष्टीकरण नदिएपछि शाहले पठाए नसिहत पत्र

नवराज पनेरु | जेठ १८, २०७८

धनगढी : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहका प्रदेश सासंद पठानसिंह बोहराले संसदीय दलले सो…

सुदूरपश्‍चिममा वित्तीय हस्तान्तरण: देउवाको गृह जिल्लामा कम, भट्टकोमा सबैभन्दा बढी

इकागज | जेठ १७, २०७८

धनगढी : आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि संघीय सरकारले सुदूरपश्चिम प्रदेशलाई १४ अर्ब ५८ करोड रुपै…

सुदूरपश्चिमका ६ मन्त्री र सचेतकलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश कमिटीको सिफारिस

इकागज | जेठ १७, २०७८

धनगढी : सुदूरपश्चिम सरकारमा शुक्रबार नियुक्त छ मन्त्री र एमाले संसदीय दलका सचेतकलाई पार्टीबाट निष्काशन गर्न…

सुदूरपश्चिमका ६ मन्त्रीले एमालेलाई बुझाएनन् स्पष्टीकरण, साधारण सदस्यबाटै हटाउने तयारी

नवराज पनेरु | जेठ १७, २०७८

धनगढी : सुदूरपश्चिम सरकारमा नेकपा एमालेकोतर्फबाट शुक्रबार नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्…

श्रीमानको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीद्वारा आत्महत्या

इकागज | जेठ १६, २०७८

धनगढी : कोभिडले श्रीमानको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छिन् । जिल्ला प्रहरी…