सुदूरपश्चिम

निजामती सेवासम्बन्धी विधेयक प्रस्तुत

इकागज | भदौ ९, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’लाई दफाबार छलफलका लागि अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ ।

प्रदेशसभाको आजको बैठकले भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीले दफाबार छलफलका लागि उक्त विधेयकलाई अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भनी पेश गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । 
  
बैठकमा विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले समितिमा दफाबार छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । निजामती सेवाको गठनसम्बन्धी यो विधेयक विसं २०७८ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो । 
 
सभामुख अर्जुनबहादुर थापाले संघीय निजामती सेवासम्बन्धी विधेयकसँग प्रदेशको निजामती सेवासम्बन्धी विधेयक बाझिएको हकमा यो विधेयकलाई संशोधन गर्न सकिने हुँदा दर्ता भएको विधेयकको बाँकी प्रक्रिया अघि बढाइएको बताए । 

'पछि विधेयक ल्याउनुभन्दा संशोधनमा जानु सजिलो देखिएकाले यो विधेयक अघि बढाइएको हो”, सभामुख थापाले भने, “संघीय निजामती कानुनसँग बाझिएको हकमा प्रदेशको निजामती कानुन पनि संशोधन गर्न सकिन्छ ।' रासस

सुदूरपश्चिम कांग्रेसले खटायो ३२ प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि

इकागज | भदौ ८, २०७९

काठमाडौं - आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्यसमित...

देउडा गायक सुरत रावतद्वारा कैलाली क्षेत्र नम्बर ४ 'क' मा उम्मेदवारी घोषणा

इकागज | भदौ ६, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका नेता सुरत रावत डोटेली कान्छाले आगामी मंसिर ४ मा हुने निर्वाचनका लाग...

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्‌का सदस्य सचिवलाई कारबाही गर्ने बहुमत पार्टीको चेतावनी

इकागज | भदौ ४, २०७९

कैलाली- सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्‌का सदस्य सचिव दिपक सिंहलाई कारबाही गर्ने चेतावनी दिइ...