डिफेन्स

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

इकागज | मंसिर ६, २०८१

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरेका छन् ।

शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको  मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् । 

नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एक अर्काले मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ । 

यसअघि बिहीबार बिहान द्विवेदीलाई नेपाली सेनाले जंगी अड्डामा आयोजित एक कार्यक्रममा गार्ड अफ अनरले सम्मानित गरेको थियो । 

द्विदेवी प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौँ आएका थिए । भ्रमणका क्रममा उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नुका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापतिले गरे जुम्लास्थित बाहिनी अड्डा र देवीदत्त गणको निरीक्षण

इकागज | कात्तिक १२, २०८१

काठमाडौँ - प्रधानसेनापति अशोक राज सिग्देलले जुम्ला जिल्ला स्थित श्री नं.२४ बाहिनी अड्डा र श्री देवीद...

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलको शिष्टाचार भेटघाट

इकागज | कात्तिक ११, २०८१

काठमाडौँ - प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण द...

सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा जडानमा खटिने जनशक्तिलाई सम्मान

इकागज | कात्तिक ६, २०८१

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा ...

प्युठानको वनमा भेटिएको शंकास्पद वस्तु सेनाको टोलीद्वारा निष्क्रिय

इकागज | साउन १६, २०८१

प्यूठान - प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित पाले सामुदायिक बनको उपल्लो ताम्मेलाम...