डिफेन्स

उद्धारका लागि अमेरिकी सेनाले दियो डुंगा

इकागज | असार १६, २०७८

काठमाडौँ : नेपालसहित यस क्षेत्र हेर्दै आएको अमेरिकी इन्डो प्यासिफिक कमाण्डले नेपाली सेनालाई बाढी पहिरो जस्ता विपत्तिमा उपयोगी हुने सामाग्री उपलब्ध गराएको छ । बाढी-पहिरोलगायतका प्राकृतिक विपत्तिमा सघाउन करिब ११ करोड रुपैयाँ बराबरको उद्धार सामग्री अमेरिकी सेनाले हस्तान्तरण गरेको छ। 

मिलेनियमा च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्तो वृहत सहयोगमा नाक खुम्चाएर सम्बन्धमा नै दरार उत्पन्‍न गराएको वर्तमान सरकार यस्तो सहयोगमा दंग छ । अमेरिकी सेनाबाट उपलब्ध हुने यस्ता सहयोगमा भने कुनै रोकतोकमा सरकार लागि परेको देखिएन । सेनासँगको सहकार्य रहिरहेको देखिन्छ ।

हुनत यस्ता सहयोगबाट नेपालमा अमेरिकी सेनाको प्रभाव बढ्छ भन्‍ने त छैन तर साना सहयोग लिने तर ठूला सहयोगमा रणानीतिक चाल देख्‍ने सरकारको विद्यमान नीति देखेर रक्षा अधिकारीहरू नै आश्‍चर्यमा परेका छन् । अमेरिकी सहयोग भन्‍ने वित्तिकै अनेकन विवाद झिक्ने दलको नेतृत्व सरकारमा छ तर यस्ता सहयोग भने लिइरहेका हुन्छन् । 

‘यस्तो विपतमा नेपालका सुरक्षा निकायहरूले खेल्नु हुने महत्वपूर्ण भूमिकाको बारेमा कदर गर्छौं र नेपालको मानवीय सहयोग तथा विपद् प्रतिकार्य गर्ने क्षमता विकासमा सघाउन सदैव प्रतिबद्ध छौं,’ अमेरिकी दूतावासको वेबसाइटमा उल्लेख छ,‘दीर्घकालीन अमेरिकी प्रतिबद्धता यही निरन्तरताको रूपमा हाम्रो डिफेन्स टिमका सदस्यहरूले १ मिलियन डलर बराबरको बाढी पहिरो तथा अन्य विपत्तिको सामना गर्ने क्षमता वृद्धि अनुदान अन्तर्गत खोजी तथा उद्दार कार्यमा प्रयोग हुने डुङ्गाहरू नेपाली सेनालाई यो साता हस्तान्तरण भएको छ ।’ 
 

हिमाली पर्यावरण र पर्वतारोहणको सुरक्षाबारे परिषद्‍को दुई दिने वेबिनार सकियो

इकागज | असार १४, २०७८

काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्‍बाट सञ्‍चालित 'नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा…

अबको प्रधानसेनापति शर्मा : नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले औपचारिक रुपमा नै आइतबारदेखि नेतृत्व हस्तान्तरणको प्रक्रिया …

मध्यपश्चिम पृतना हेडक्वार्टर अन्तर्गतका युनिटको निरीक्षणमा प्रधानसेनापति थापा

इकागज | जेठ २१, २०७८

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले मध्यपश्चिम पृतना हेडक्वार्टरअन्तर्गतका युनिटको निरीक्षण भ्रमण गरेका…

कस्तो रह्यो प्रधानसेनापति थापाको कार्यकाल ? के शर्माले ‘लिगेसी’ पछ्याउलान् ?

अबको तीन महिनामा कुनै ठूलो उथलपुथल नभए नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले न…

सेनाको निष्कर्ष : सुझाव प्रतिवेदन लत्याउँदा कोभिडको भयावह स्थिति

काठमाडौँ : सरकारलाई कोभिड-१९ नियन्त्रण र रोकथाम गर्न नेपाली सेनाले पटक-पटक लिखित प्रतिवेदनसहितको सुझाव …