डिफेन्स

भोटेकोसी लार्चादेखि दुगुनागढीसम्म सेनाको पदयात्रा

इकागज | पुस १९, २०७८

काठमाडौँ - नेपाली सेनाको गोरखबक्स गणद्वारा आयोजित ‘दुगुनागढी एकीकरण मार्ग पदयात्रा-२०७८’ सम्पन्न भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ स्थित लार्चादेखि ऐतिहासिक दुगुनागढीसम्म करिब ७.५ किलोमिटर क्षेत्रमा उक्त पदयात्रा भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल एकीकरण तथा नेपाल–तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्गमा भएको उक्त पदयात्रा पूर्वी कमान्डका सेनापति उपरथी सन्तोषकुमार ढकालको प्रमुख आतिथ्यमा भएको हो ।

पदयात्रामा सेनाको २६ वाहिनीपति, भोटेकोसी गाउँपालिकाका प्रमुख, जनप्रतिनिधि, श्री गोरख बक्स गणका अधिकृत, पदिक तथा अन्य दर्जा, स्थानीय आमा समूह, स्थानीय क्लबका सदस्य तथा अन्य सुरक्षा निकायका फौजको सहभागिता थियो ।

पदयात्रा टोलीलाई स्थानीय क्लब, झिर्पु प्राथमिक विद्यालय र आमा समूहले विभिन्न स्थानमा स्वागतका साथै दुगुनागढीमा स्थानीय शेर्पा समुदायले पनि शेर्पा रीतिरिवाजअनुसार स्वागत अभिवादन गरेको सेनाले जानकारी दिएको छ ।

सो अवसरमा उपरथी ढकालले दुगुनागढीस्थित नेपाली सेनाको कमान्ड पोष्टमा राष्ट्रिय झण्डा झन्डोत्तोलनसमेत गर्नुभएको थियो । सेनाको पहलमा नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग÷बाटो तथा कोटको पहिचान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा गरिँदै आएको छ । रासस 

सुडानका युवा र विद्यार्थीलाई नेपाली सेनाद्वारा स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण

इकागज | पुस ७, २०७८

काठमाडौँ - दक्षिणी सुडानमा शान्ति सेनामा खटिएका नेपाली सेनाले स्वास्थ्य सामग्री, खेलकुदका तथा ...

सशस्त्र प्रहरीद्वारा आर्म्स एन्ड एक्सप्लोसिभ डिटेक्सन डग तालिम सञ्चालन

इकागज | मंसिर १९, २०७८

काठमाडाैँ - सशस्त्र प्रहरी बलको पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाले आइतबारदेखि आर्म्स एन्ड एक्सप्लोसिभ डिटे...

सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा तथा व्यवस्थापन तालिम सुरु

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले सीमा सुरक्षा तथा व्यवस्थापन तालिम सुरु गरेको छ ...

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान

इकागज | कात्तिक २४, २०७८

काठमाडौँ -  नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्...

समकक्षीसँग भेटवार्ता : यस क्षेत्रको शान्ति र नेपाल-भारत सैन्य सम्बन्ध मुख्य विषय

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ - भारतकाे औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा  र उनका भारतीय स...

राष्ट्रसंघका सहायक महासचिवसँग मन्त्रीद्वयले भने : उच्चतहमा नेपालकाे उपस्थिति आवश्यक छ

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ - नेपालमा भ्रमणमा रहेका राष्ट्रसंघका सहायक महासचिव क्रिश्चियन सान्डर्सले परराष्ट्रमन्त्री डा. ...