डिफेन्स

चुनावको सुरक्षा चुनौतीबारे केन्द्रीय सुरक्षा समितिमा छलफल

इकागज | पुस २२, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बिहीबार गृह मन्त्रालयमा बसेको छ । बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतिका aविषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ‘समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतिका विषयमा केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भयो,’ प्रवक्ता कोइरालाले भने । 

त्यस्तै बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आशन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे अध्यावधिक छलफल भयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था तथा द्धिपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनु पर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका थिए ।  बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौला, प्रवक्ता कोइरालालगायतको सहभागिता थियो ।

बैठकमा गृहमन्त्री खाणले अवकाश पाएका भएका राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख अधिकारीलाई बिदाई गरे । गृहमन्त्री खाणले नवनियुक्त राष्ट्रिय अनुसन्धान विभागका प्रमुख खरेललाई बधाई दिए । 

सुडानका युवा र विद्यार्थीलाई नेपाली सेनाद्वारा स्वास्थ्य तथा शैक्षिक सामग्री वितरण

इकागज | पुस ७, २०७८

काठमाडौँ - दक्षिणी सुडानमा शान्ति सेनामा खटिएका नेपाली सेनाले स्वास्थ्य सामग्री, खेलकुदका तथा ...

सशस्त्र प्रहरीद्वारा आर्म्स एन्ड एक्सप्लोसिभ डिटेक्सन डग तालिम सञ्चालन

इकागज | मंसिर १९, २०७८

काठमाडाैँ - सशस्त्र प्रहरी बलको पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाले आइतबारदेखि आर्म्स एन्ड एक्सप्लोसिभ डिटे...

सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा तथा व्यवस्थापन तालिम सुरु

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ - राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले सीमा सुरक्षा तथा व्यवस्थापन तालिम सुरु गरेको छ ...

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान

इकागज | कात्तिक २४, २०७८

काठमाडौँ -  नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्...

समकक्षीसँग भेटवार्ता : यस क्षेत्रको शान्ति र नेपाल-भारत सैन्य सम्बन्ध मुख्य विषय

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ - भारतकाे औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा  र उनका भारतीय स...

राष्ट्रसंघका सहायक महासचिवसँग मन्त्रीद्वयले भने : उच्चतहमा नेपालकाे उपस्थिति आवश्यक छ

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ - नेपालमा भ्रमणमा रहेका राष्ट्रसंघका सहायक महासचिव क्रिश्चियन सान्डर्सले परराष्ट्रमन्त्री डा. ...