डिफेन्स

सेनाको लोककल्याणकारी कोषमा ५४ अर्ब रुपैयाँ भन्दा बढी मौज्दात

इकागज | फागुन १०, २०७८

काठमाडौँ- नेपाली सेनाको लोक कल्याणकारी कोषमा असारसम्म मौज्दात रकम ५४ अर्ब १२ करोड ७५ लाख रुपैयाँ रहेको छ । मंगलबार सेनाले लोक कल्याणकारी कोषबारे पत्रकार सम्मेलन गर्दै असारसम्म मौज्दात रकम ५४ अर्ब १२ करोड ७५ लाख रुपैयाँ रहेको जनाएको छ । सेनाले पछिल्लो पाँच महिनामा भएका गतिविधिबारे जानकारी दिएको हो ।

त्यसैगरी कोषले ५ अर्ब ८३ करोड १४ लाख लगानी गरेको छ भने कोषको यथार्थ  सम्पत्ति ५९ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ छ । कोषले लुम्बिनी प्रदेशको बुटवलमा सैनिक महाविद्यालय निर्माण गर्ने भएको छ । यसका लागि ११ पुसमा प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका थिए । भवन निर्माणका लागि ३१ करोड ३८ लाख १९ हजार लाग्‍ने भएको छ । लुम्बिनीमा निर्माण सम्पन्‍न भएपछि सबै प्रदेशमा सैनिक महाविद्यालय हुनेछ ।

प्रधानसेनापति कमान्ड नीति तथा मार्ग निर्देशन २०७८ नुसार सेवा निवृत हुँदासम्म सकल दर्जाले न्यूनतम सुविधा सहितको निजी आवासको व्यवस्था गरिएकोमा ९० जनाको आवेदन स्वीकृत भएको छ । वार्षिक ३.३२% ब्याज दरमा २५लाखसम्मको घर सहायता कर्जा यस वर्षबाट सुरु भएको हो ।

 

 

 

भारतीय सेनाको पेन्सनवाला नेपाली परिवारलाई हेर्छौः राजदूत क्‍वात्रा

इकागज | फागुन १०, २०७८

काठमाडौँ- नेपाली र भारतीय सेनाबीच गहिरो सम्बन्ध रहेको नेपालका लागि भारतीय राजदूत विनय क्वात्राले बताए...

सशस्त्र प्रहरी महानिरीक्षक खनालले घोषणा गरे यस्ता कल्याणकारी योजना

इकागज | माघ ९, २०७८

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले घोषणा विभिन्न कल्याणकारी योजना सुरु गर्ने घोषण...