डिफेन्स

रथी हमाल अनिवार्य अवकाश : सिरियामा फोर्स कमान्डर निरन्तर

इकागज | असोज १२, २०७८

काठमाडौँ - सिरियाको गोलनहाइट स्थित राष्ट्रसंघ अन्तर्गतको शान्ति मिसनमा फोर्स कमान्डर रहेका रथी ईश्‍वर हमालले नेपाली सेनाबाट अवकाशपछि पनि फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्न पाउने भएका छन् । अवकाशपछि  उनले आगामी पाँच महिना गोलहाइट अन्तरगत रहेर शान्ति मिसनमा खटेका विश्वसैनिकलाई नेपाली सेनाको रथीकै रुपमा नेतृत्व दिनेछन् । दुई वर्षे कार्यकाल सकाएरु आएपछि उनी सिधै अवकास जीवनमा जानेछन् । तर जंगि अड्डाको लागि हमाल असोज २५ वाटै अवकाशमा हुनेछन् । 

यूएन शान्ति मिसन

उनी १९ महिनादेखि गोलन हाइटमा फोर्स कमान्डरको रूपमा कार्यरत छन् । फोर्सकमान्डर रहँदैमा उनी गत वर्षको असारमा रथी भएका हुन् । नेपालले उच्च तहको पद सहजै प्राप्त गर्न नसक्ने भएकाले अवकासपछि पनि उनलाई निरन्तरता दिन मिल्ने भएर नेपाली सेनाले यस्तो निर्णय लिएको हो । मिलेको मौका पनि नेपालमा हुने जागिरको हदले जाने भएपछि सेनाले यस्तो अवसर गुमाउन नचाहेको हो ।

सरकारले चाहेर मात्र पनि यो पद प्राप्त हुँदैन । प्रतिशपर्धामा खरो उत्रन सक्ने काविल उपरथि र सरकारको सिफारिससँगै मिलेमा मात्र यो पद सम्भव हुन्छ । फोर्स कमाण्डरका आकांक्षीहरुबीच अन्तराष्ट्रिय प्रतिशपर्धा र परीक्षा नै हुन्छ । रथी भएपछि ५८ वर्ष भित्र प्रधानसेनापति नहुने भएपछि प्रायः यहीबीचमा सेवा निबृत्त हुन्छन् । ५८ वर्ष उमेरको हद रथीका लागि तय छ ।

यूएन शान्ति मिसन

उनको निवृत्ति पछि खाली रहेको् स्थानमा वरिष्ठ उपरथी सरोजप्रताप राणाको नाम अग्रस्थानमा छ । यद्यपि निर्णय हुन बाँकी छ । हमाल दुई वर्षका लागि फोर्स कमाण्डरको रुपमा गोलनहाइट गएका हुन । उनी रथी भएपछि पनि नेपालमा जिम्मेवारीमा रहन पाएनन् । उनले त्यहीको जिम्मेवारी सम्हालि रहे । उनको जिम्मेवारी समेत हालका प्रधानसेनापति प्रभुराम शर्मा रथी रहँदा सम्हाले । शर्मा बलाध्यक्ष र बलाधिकृत दुवैको जिम्मेवारी सम्हाल्ने रथीबाट प्रधानसेनापति भएका हुन् । 

उमेरका कारण यहाँ अवकास भए पनि विदेशमा भने उही पदमा निरन्तरता दिने निर्णय नेपाली सेनाले पहिले नै गरेको थियो । जुन निर्णय हमाललाई पनि सहयोगी बनेको छ । सेनका प्रवक्ता सन्तोष बल्लभ पौड्यालले पनि नेपालमा अवकाश भए पनि विदेशमा भने उही पदलाई निरन्‍तरता दिने निर्णय यसअघि नै भएको जनाएका छन् । 

अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण हुनुपर्छ : प्रधानमन्त्री

इकागज | असोज ७, २०७८

काठमाडौँ - नेपाली सेना पृतना संरचनाबाट तीन जोड एक कमाण्ड संरचनामा गएपछिको पहिलो कमाण्ड समन्वयात्मक बै...

सैनिक संगठनमा शर्माको प्रभुत्व : अवसरको आसनमा चुनौतीको चाङ

काठमाडौँ - एक महिना अघिदेखि कामु प्रधानसेनापतिका रूपमा कार्यरत प्रभुराम शर्मा नेपालको ४४ औँ प्रधानसेना...