डिफेन्स

प्रधानसेनापति शर्मा दिल्लीमा

इकागज | कात्तिक २३, २०७८

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा भारतको चारदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् । उनले त्यहाँ भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मान ग्रहणसँगै उच्चस्तरीय भेटवार्ता गर्ने छन्। 

शर्माले नयाँ दिल्ली पुगेलगत्तै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेसँग भेटवार्ता गरेका छन् । उनले हवाई सेनाका प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । शर्माले चिफ अफ डिफेन्स स्टाफ विपिन रावत र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवलसँग भने मानार्थ लिइसकेपछि भेटवार्ता गर्नेछन्।

उनले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने बताइएको छ । यद्यपि ती भेटबारे भारतले स्पष्ट जवाफ अझै दिएको छैन । नयाँ दिल्लीस्थित नेपाली दूतावासले नै ती भेटवार्ता मिलाउने काम गरिरहेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । शिष्टाचार भेट हुने तर कुन समयमा हुन्छ स्पष्ट नभएको ती अधिकारीले बताए । 

भारतका सेनाध्यक्ष नरवणेको निमन्त्रणामा भारत जान लागेका प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट बुधबार सम्मान गर्ने छन् । 

नेपाल र भारतबीच एक-अर्का मुलुकका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ। भारतीय सेनाका सेनाध्यक्षले २०१७ सालमा नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भए पनि नेपालले २०२६ सालदेखि त्यस्तो मानार्थ लिने गरेको हो । 

तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको हो । सबै खाले भ्रमणमा दिइने औपचारिक कार्यक्रम यसमा पनि हुनेछ । भ्रमणका दौरान प्रधानसेनापति शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको शुमकामना सन्देश भारतका राष्ट्रपति कोविन्दलाई सुनाउने छन्। अहिलेको परिवर्तित भूराजनीतिक बेलामा नेपाल र भारतको सम्बन्ध अझ बलियो भएर जानुपर्ने मान्यता दुवै मुलुकको सेनाको रहेको छ । त्यसमा नै भ्रमण केन्द्रीत हुनेछ । 

नेपाली सेनाको भारत भ्रमणलाई सधैं महत्त्वका साथ हेर्ने गरिन्छ र अहिले पनि त्यही रुपमा यो भ्रमणलाई हेरिएको हो । यही भ्रमणले मोदीको नेपाल र देउवाको नयाँ दिल्ली भ्रमणको बाटो पनि तय गर्नेछ । 

प्रधानसेनापतिको भारत भ्रमणको अघिल्लो दिन नेपाली सेनालाई चिनियाँ सहयोग

इकागज | कात्तिक २२, २०७८

काठमाडौँ- छिमेकी चीनले नेपाली सेनालाई सहयोग स्वरुप स्वास्थ्य सामग्री र कोभिडविरुद्धको खोप उपलब्ध गर...

‘सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण’

इकागज | असोज १५, २०७८

काठमाडौँ - नेपाल प्रहरीको सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण हुने आज ...