सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम १ अर्ब ३५ करोड

इकागज | मंसिर ६, २०७९

काठमाडौँ- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक ७ अंकले ओरालो  लागेको छ। साताको पहिलो कारोबारमा बजार परिसूचक ७.१३ अंकले घटेको हो । सरकारले आइतबार निर्वाचनको दिन तथा सोमबार सार्वजनिक दिँदा मंगलबारबाट बजार खुलेको थियो।

बजार परिसूचक ०.३७ प्रतिशतले घटेर १९२९.७० मा झरेको छ। 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.३९ झरेर ३७९.५९ मा झरेको छ । उप-समूहतर्फ बैंकिङ क्षेत्र ०.०९, जीवन बीमा समूह ०.०३ प्रतिशतले बढ्दा अन्य ११ परिसूचक राताम्मे रहे ।

यस्तै मंगलबार २२८ कम्पनीको १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७ सय ७९ मूल्य बराबरको सेयर खरिद बिक्री भएको छ। २४ हजार २ सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

सामान्य अंकले बजार घट्दा ५२ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ।

जानकी फाइनान्स, खप्तड लघुवित्त, धौलागिरि लघुवित्त, सयपत्री हाइड्रोपावर,सिद्धार्थ इक्विटी फण्ड लगायतका सेयर उच्च कारोबार गर्ने रहेका छन् ।

साताको अन्तिम कारोबारमा सेयर बजार २५ अंकले सकारात्मक, कारोबार रकममा पनि बढोत्तरी

इकागज | मंसिर १, २०७९

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारमा २५ अंकले बढेको छ । बिहीबार बजार २५.५७ ...

साताको अन्तिम कारोबारमा २३ अंकले घट्यो सेयर बजार, कारोबार रकम १ अर्ब ११ करोड

इकागज | कात्तिक २४, २०७९

काठमाडौं - साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ । बिहीबार, नेप्से परिसूचक २३.५२ अंक...